Comments Add Comment

पासवर्डमार्फत गर्नुहोस् पेनड्राइभको सुरक्षा


डाटा ट्रान्सफरका लागि उपयुक्त विकल्प पेइनड्राइभ हो । प्रयोग गर्न सजिलो हुँदाहुँदै पनि यसमा भाइरसको जोखिम उच्च हुन्छ । त्यसैले पेनड्राइभको सुरक्षामा ध्यान दिन जरुरी छ । तपाईंले पासवर्डमार्फत पनि पेनड्राइभको सुरक्षा गर्न सक्नुहुन्छ । यसका लागि कुनै सफ्टवेयरको आवश्यकता पनि छैन, तपाईं एक मिनेटमै पासवर्डमार्फत पेनड्राइभ सुरक्षा गर्न सक्नुहुन्छ ।

कसरी गर्ने पासवर्डमार्फत सुरक्षा ?

१. पहिला आफ्नो पेनड्राइभलाई ल्यापटप वा कम्प्युटरमा जोड्नुहोस् । त्यसपछि कम्प्युटरमा गई पेनड्राइभमा राइट क्लिक गरेर Turn on BitLocker मा क्लिक गर्नुहोस् ।

२. त्यहाँ तपाईंले नयाँ विन्डो खुलेको देख्नुहुन्छ । त्यसपछि Use a password to unlock the drive मा जानुहोस् । त्यसको अडाडिको बक्समा राइट क्लिक गर्नुहोस् । त्यसपछि पासवर्ड सेट गर्न Next मा क्लिक गर्नुहोस् ।

३. अब विन्डो ओपन भयो, त्यसमा Save the recovery key to a file  मा क्लिक गर्नुहोस् र यसलाई सेभ गर्नुहोस् । पछि तपाईंले पासवर्ड बिर्सनुभयो भने पनि यस फाइलाको सहयोगले पासवर्ड फेरि पाउन सक्नुहुन्छ ।

४. फाइल सेभ गरेपछि फेरि एक पटक Next क्लिक गर्नुहोस्, त्यसपछि Save the recovery key to a file क्लिक गर्नुहोस् । अब पेन ड्राइभमा पासवर्ड प्रोटेक्शन की को प्रोसेस सुरु हुन्छ । केही बेरमा प्रोसेस 100% पुगेको देखिन्छ र पासवर्ड सेट हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment