Comments Add Comment

नोकिया सिक्स सार्वजनिक, यी छन् फिचर्स

नोकिया ब्राण्डको नोकिया सिक्स स्मार्टफोन सार्वजनिक भएको छ । स्पेनको बार्सिलोनामा आयोजित मोबाइल वर्ल्ड कंग्रेसमा एचएमडी ग्लोबल कम्पनीले नोकिया सिक्स आधिकारिक रुपमा लञ्च गरेको हो ।

नोकिया सिक्समा डुअल साइट, श्भकष्कक अप्टिक्स, एन्ड्रोइड ओरियो अपरेटिंग सिस्टम, गुगल असिस्टेन्ट सपोर्ट तथा फेस रिकग्नीसन फिचर समेत रहेको छ ।

नोकिया सिक्सका अन्य फिचर्समा ५.५ इन्चको २.५ डी डिस्प्लेका साथै नटुट्ने खालको कोर्निंग गोरिल्ला ग्लासको सुरक्षाकवच रहेको छ ।

नोकिया सिक्सको बडीमा पनि विशेष ध्यान दिएको छ कम्पनीले । नोकिया सिक्समा स्न्यापड्रागन ६३० प्रोसेसर, ३ जिबी र्याम तथा ३२ जिबी इन्टर्नल स्टोरेज रहेको छ । आगामी अपि्रल महिनामा यो फोन बजारमा उपलब्ध हुने बताइएको छ । यो फोनको एक अर्को भेरिएन्ट पनि हुनेछ जुन ४ जिबी र्याम तथा ६४ जिबी स्टोरेजमा आउनेछ ।

क्यामराको कुरा गर्दा नोकिया सिक्समा द्ययतजष्भ क्यामरा तथा नोकियाको इश्इ फिचर्स हुनेछ । पछाडिको भागमा फिंगरपि्रन्ट सेन्सर हुनेछ । मूख्य क्यामरा १६ मेगापिक्सेल तथा सेल्फी क्यामरा ८ मेगापिक्सेलको हुनेछ ।

स्मार्टफोनमा ३००० मिलिएम्पियर आवरको ब्याट्री रहेको छ । यो फोन ब्लाक, कपर, ह्वाइट, आइरन, ब्लू तथा गोल्ड कलरमा उपलब्ध हुनेछ । एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment