+
+
Shares

लेक लागेर जापानी नागरिकको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७४ फागुन १४ गते १९:०७

१४ फागुन, काठमाडौं । सोलुखुम्बुको खुम्बुपासाङल्हामु गाउँपालिका–४ लोबुचेमा एक जना जापानी नागरिकको लेक लागेर मृत्यु भएको छ ।

मृत्यु हुनेमा पासपोर्ट नम्बर टिजेड १०७२२९३ बोकेका ४० वर्षीय कोजी कावागुची छन् ।

न्यू इबिसी होटलको कोठा नम्बर १०१ मा बास बसेका उनको आइतबार लेक लागेर मृत्यु भएको प्रहरीले जनाएको हो ।

उनको शव एभरेष्ट एयरको हेलिकप्टरद्वारा शिक्षण अस्पताल महाराजगञ्ज काठमाडौंमा ल्याइएको छ ।

थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?