+
+

‘सुश्री सम्पति’को छायांकन सुरु

अनलाइनखबर अनलाइनखबर
२०७४ फागुन १५ गते १८:०७

सुब्रतराज आचार्यले फिल्म ‘सुश्री सम्पति’को छायांकन थालेका छन् । मंगलबार पोखरामा फिल्मको  शुभ मूर्हत गरिएको छ । बिन्ध्यवासिनी मन्दिरमा बिहान ७ बजेको साइत पारेर फिल्म छायांकन थालेका हुन् ।

रंग पत्रकार हुँदै फिल्म निर्देशकको यो दोस्रो फिल्म हो । यसअघि उनले ‘अधकटी’ फिल्म बनाएका थिए, जसको गीत ‘मेरो फिगर कोकाकोला’ निकै हिट भयो ।

अघिल्लो फिल्म जस्तै ‘सुश्री सम्पति’ पनि कमेडी लभ स्टोरी रहेको बताइन्छ । यसको कथा उनै आचार्यले लेखेका हुन् । यही फिल्मबाट सलोन बस्नेत लिड रोलमा देखिदैछन् । बाल कलाकारको रुपमा अभिनय थालेका सलोन यसअघिका फिल्ममा साहयक भूमिकामै खुम्चिएका थिए ।

फिल्ममा सलोनले अभिनेत्री सारा सिर्पालीसँग स्त्रिmन शेयर गर्नेछन् । त्यसैगरी फिल्ममा राजाराम पौडेल, जयानन्द लामा,  विनोद न्यौपाने, प्रमोद अग्रहरी, रोशनी कार्की आदिले अभिनय गर्नेछन् । नायिका पि्रयंका कार्की विशेष भूमिकामा देखिदैछन् । फिल्ममा विज्ञान राई, नुनम सुब्बा, रमन सिलकरले लगानी गरेका छन् ।

फिल्मको सम्पूर्ण छायांकन पोखरामै हुने भनिएको छ । एउटा गीत भने काठमाडौंमा छायांकन गरिनेछ ।

अर्जुन तिवारीको छायांकन, कविराज गहतराजको कोरियोग्राफी, सुरेश अधिकारीको संगीत, भरत रेग्मीको सम्पादन रहने फिल्म राहुल इन्टरटेनमेन्टको ब्यानरमा निर्माण हुँदैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?