+

कार्यकाल थपिएपछि कोजीले भने-नेपाललाई साफको उपाधि जिताउनु मेरो लक्ष्य

२०७४ फागुन  १६ गते १५:२१ २०७४ फागुन १६ गते १५:२१
कार्यकाल थपिएपछि कोजीले भने-नेपाललाई साफको उपाधि जिताउनु मेरो लक्ष्य


१६ फागुन, काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) ले प्रशिक्षक ग्यातोकु कोजीको कार्यकाल थप गरेको छ ।

मार्च २०१६ मा नेपालसँग आवद्ध भएका थिए । आगामी महिना उनको कार्यकाल सकिँदै थियो ।

तर, त्यसअघि नै एन्फाले कोजीको कार्यकाल एक वर्ष थप गर्ने निर्णय लिएको अध्यक्ष नरेन्द्र श्रेष्ठले बताए ।

कार्यकाल थप भएपछि कोजीले आफ्नो लक्ष्य नेपाललाई साफ फुटबलको उपाधि दिलाउनु भएको बताए ।

साफ फुटबल सेप्टेम्बरमा बंगलादेशमा हुने तय भएको छ ।

त्यसअघि मार्च २७ मा एएफसी एसियन कपको छनोटको अन्तिम खेल यमनसँग खेल्नेछ । छनोटमा नेपालले एउटा पनि खेल जितेको छैन र छनोटबाट बाहिरिसकेको छ ।

फुटबल

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय