१६ फागुन, वीरगञ्ज । जिल्ला प्रशासन कार्यालयले बुधबार जिल्ला मालपोत कार्यालयमा आकस्मिक अनुगमन गरेको छ । आकस्मिक अनुगमनका क्रममा कार्यालयमा
निरीक्षणका क्रममा ७ जनाले हाजिर नगरेको र ३ जना हाजिर गरेर पनि अनुपस्थित भएको पाइएको प्रशासन कार्यालयले जनाएको छ ।
प्रशासनको टोली दिउँसो साढे ३ बजे मालपोत कार्यालय पुग्दा कर्मचारी नभेटिएको प्रशासनका शाखा अधिकृत ठाकुरराम भण्डारीले जानकारी दिए ।
छड्के निरीक्षणमा जिल्ला प्रशासन कार्यालय पर्साका शाखा अधिकृत भण्डारी र नायब सुब्बा महेशकुमार अर्याल मालपोत पुगेका थिए ।
मंगलबार नारायणी उपक्षेत्रीय अस्पताल वीरगञ्जको निरीक्षण गरेको प्रशासनको टोलीले बुधबार मालपोत कार्यालयमा छड्के जाँच गरेको थियो ।
मंगलबार नारायणी उपक्षेत्रीय अस्पतालमा भएको छड्केमा चिकित्सक, नर्स, प्राविधिक कर्मचारी, प्रशासनका कर्मचारी लगायत गरी ७० जना कार्यालय समयमा अनुपस्थित भेटिएका थिए ।
‘मालपोतमा उसै त कर्मचारी थोरै छ । भएका कर्मचारीहरुले पनि काम नगरेको गुनासो आयो । त्यसैले छड्के निरीक्षणमा पठाएको हुँ’ प्रजिअ सिंहले भने ‘उनीहरुलाई विभागीय कारबाहीका लागि सिफरिस गरेका छौं ।’
जनसरोकारका कार्यालयको निरीक्षणलाई निरन्तरता दिने प्रजिअ सिंहलेे बताए ।
प्रतिक्रिया 4