Comments Add Comment

पोखरीमा जाल हान्दै कृषिमन्त्रीले थाले काम

१६ फागुन, जनकपुरधाम । प्रदेश २ का कृषिमन्त्री शैलेन्द्र साहले पोखरीमा जाल हान्दै आफ्नो विभागीय जिम्मेवारी सुरु गरेका छन् ।

प्रदेश सरकारको मन्त्रिपरिषद् बुधबार विस्तार भएको थियो । फोरम सांसद साह कृषिमन्त्री बने । उनले जनकपुरको पोखरीबाट माछा बाहिर ल्याउन जाल हानेका हुन् । मिथिला क्षेत्रमा माछालाई सगुनको रुपमा लिने भएको र माछा कृषिसँग समेत जुडिएकाले पोखरीमा माछा समात्न जाल फ्याँकेका हुन् ।

प्रदेश २ कृषिमा आधारित भएकाले यो पेशालाई राम्रो बनाउन आफूले हरक्षण प्रयास गर्ने मन्त्री साहले प्रतिबद्धता जनाएका छन् ।

प्रदेशको प्रमुख आय कृषि र रेमिट्यान्स भएको भन्दै उनले दुबै पेशालाई सम्मानित बनाउन प्रदेश सरकारले काम गर्ने बताए ।

कांग्रेसबाट राजनीति यात्रा प्रारम्भ गरेका साह संघीय समाजवादी फोरम नेपालका संस्थापक सदस्यमध्येका एक मानिन्छन् । उनी प्रदेशसभामा सप्तरी २ को कबाट निर्वाचित भएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment