Comments Add Comment

बच्चाको लञ्चबक्सभित्र भेटियो विषालु सर्पको बच्चा


अष्ट्रेलियामा एकजना महिलाले आफ्नो बच्चाको लञ्च बक्सभित्र विषालु सर्प फेला पारेकी छन् ।

सर्प समाउने रुली बुरेलका अनुसार एडिलेड सहरमा बस्ने एक महिलाले लञ्चबक्स प्याक गर्ने बेला बिर्कोमा सर्पको बच्चा देखेकी हुन् ।

सर्प देखेपछि उनले बुरेललाई बोलाएकी रहेछिन् । आफुले खबर पाउनाथ ती महिलालाई लञ्च बक्स बन्द गरेर सर्पलाई थुन्न भनेको र तत्कालै ती महिलाको घरमा पुगेको बताए ।

लञ्चबक्सभित्र भेटिएको उक्त सर्प इस्टर्न ब्राउन प्रजातिको सर्पको बच्चा हो । यो सर्पको विश्वको सबैभन्दा विषालु सर्पमध्येको एक हो ।

बुरेलले आफ्नो फेसबुकमा लेखेका छन्, ‘के तपाइँले आफ्नो बच्चालाई फलफूल खुवाउनु अघि चेकजाँच गर्नुहुन्छ ?’

उनका अनुसार ती महिला निकै भाग्यमानी रहेछिन् त्यसैले उनको बच्चालाई सर्पले डस्न पाएन । बुरेल आएर उक्त सर्पलाई सुरक्षित रुपमा समातेर लगे ।

बीबीसी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment