Comments Add Comment

उपत्यकामा जबरजस्ती रङ्ग दल्न खोज्ने १ सय ६७ जना पक्राउ

५ सय २३ वटा मोटरसाइकल नियन्त्रणमा

काठमाडौंको माइती घर मण्डलामा ट्राफिक चेकिङ गरिँदै । तस्वीरहरुः चन्द्र आले/अनलाइनखबर

१७ फागुन, काठमाडौं । प्रहरीले काठमाडौं उपत्यकाको विभिन्न स्थानबाट होलीमा जबरजस्ती रङ्ग दल्न खोज्ने १स य ६७ जनालाई पक्राउ गरेको छ ।

जबरजस्ती रंग दल्ने, लोला हान्ने, पानी छ्याप्ने लगायतका अबाञ्छित गतिविधिमा संलग्न भएको आरोपमा उनीहरुलाई पक्राउ गरिएको छ ।
काठमाडौँबाट १ सय ६० जना, ललितपुरबाट ३ जना र भक्तपुरबाट ४ जना पक्राउ गरेको प्रहरी प्रधान कार्यालयको केन्द्रीय समाचार कक्षले जनाएको छ ।

उनीहरूमाथि सार्वजनिक अपराध एेन अन्तर्गत मुद्दा चलाउने तयारी भइरहेको जनाइएको छ ।

साथै, ट्राफिक नियम उल्लंघन तथा मादक पदार्थ सेवन गरी सवारी चलाएको अवस्थामा ५ सय २३ वटा मोटरसाइकललाई समेत प्रहरीले नियन्त्रणमा लिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment