Comments Add Comment

‘जय शम्भु’मा बर्षाको यस्तो रुप, एक्सनका लागि महंगो खर्च गर्दै निर्माता


हाल, झट्ट सुन्दा उस्तै नाम लाग्ने २ चलचित्रको छायांकन धमाधम भैरहेको छ । पूर्वका विभिन्न स्थानमा अशोक शर्माको निर्देशनमा बनिरहेको चलचित्र ‘जय भोले’को छायांकन भैरहेको छ भने काठमाण्डौमा चलचित्र ‘जय शम्भु’को धमाधम छायांकन भैरहेको छ । हामी, यहाँ चलचित्र ‘जय शम्भु’को छायांकनको कुरा गर्दैछौ ।

चलचित्र विकास कम्पनी, बालाजुमा चलचित्रको एक्सन दृश्यको छायांकन भैरहेको छ । चलचित्रको छायांकनका लागि ४ वटा क्यामेरा प्रयोग गरिएको छ भने एक्सनका लागि भव्य सेट समेत बनाइएको छ । चलचित्रको एक्सनका लागि छायांकन सेटमा ३ वटा पुराना कार र एउटा जिप नै खरिद गरेको निर्माताको दाबी छ । श्री श्रेष्ठले यो चलचित्रमा एक्सन निर्देशन गरिरहेका छन् ।

यो चलचित्रबाट नेपाली चलचित्रको एक्सनमा नयाँ शैलीको सुरुवात हुने उनको दाबी छ । चलचित्रको क्लाइमेक्समा महंगो खर्च हुने दाबी निर्माताको छ । रुपेश तामाङले चलचित्रको निर्देशन गरिरहेका छन् । चलचित्रमा प्रशान्त ताम्राकार, अनुप विक्रम शाही र बर्षा सिवाकोटीको मुख्य भूमिका रहनेछ ।

चलचित्रको ८० प्रतिशत दृश्यको छायांकन काठमाण्डौमा गरिने र बाँकी छायांकन अन्नपूर्ण बेस क्याम्पममा गरिने निर्माणपक्षले बताएको छ । चलचित्रमा अरविन्द्र शाक्यको लगानी छ । दिनेश शाही प्रस्तुतकर्ता रहेको चलचित्रका कार्यकारी निर्माता राजकुमार नगरकोटी र चक्र पाख्रिन हुन् । चलचित्रलाई हरि घले लामाले खिचिरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment