+
+

भक्तपुरको चुनदेवीमा दुई मोटरसाइकल ठोक्किँदा १ को मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७४ फागुन २० गते ८:२३
फाइल तस्वीर

२० फागुन, काठमाडौं । भक्तपुरको चुनदेवीमा दुईवटा मोटरसाइकल ठोक्किँदा एकजनाको मृत्यु भएको छ । शनिबार साँझ बा ९२ प ४६४ र बा ६१ प ४१५ नम्बरको मोटरसाइकल आपसमा ठोक्किएका थिए ।

दुर्घटनामा गम्भीर घाइते भएका बा ९२ प ४६४ नम्बरको मोटरसाइकल चालक भक्तपुर नगरपालिका ५ सुर्यविनायक दार्जिलिङ हाइट बस्ने २४ वर्षीय प्रमोद श्रेष्ठको उपचारको क्रममा भक्तपुर अस्पतालमा मृत्यु भएको हो ।

बा ६१ प ४१५ नम्बरको मोटरसाइकल चालक भने दुर्घटनापछि फरार रहेकाले खोजी भैरहेको भक्तपुर प्रहरीले जनाएको छ ।

दुवै मोटरसाइकललाई भने महानगरीय प्रहरी वृत्त जगातीले नियन्त्रणमा लिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?