+
+
Shares

कर्णाली प्रदेशमा चार संसदीय समिति प्रस्ताव

रासस रासस
२०७४ फागुन २० गते १७:५५

२० फागुन, सुर्खेत । कर्णाली प्रदेशको प्रदेश सभामा चारवटा संसदीय समिति बनाउन प्रस्ताव गरिएको छ ।

प्रदेश सभाद्वारा गठित प्रदेश सभा नियमावली २०७४, मस्यौदा समितिले चार समिति बनाउने प्रस्तावसहित प्रतिवेदन सभामुखलाई बुझाउने तयारी गरेको हो ।

समितिले प्रदेश सभामा पेश गर्न विधायन तथा आन्तरिक मामिला, सार्वजनिक लेखा, अर्थ तथा प्राकृतिक स्रोतसाधन र सामाजिक विकास समिति बनाउने प्रस्तावसहित प्रतिवेदन तयार गरेको मस्यौदा समितिका संयोजक सीता नेपालीले जानकारी दिइन् ।

प्रदेश सभा नियमावली निर्माणका लागि मस्यौदा समितिको पहिलो बैठक फागुन ९ गते बसेको र उक्त समितिले १५ दिनभित्र नियमावली सभामुखलाई बुझाउन निर्देश गरेको थियो । नियमावलीसँगै समितिले प्रदेश सभाका लागि चारवटा समिति प्रस्ताव गरेको प्रतिवेदन बुझाउन लागेको संयोजक नेपालीको बताइन् ।

प्रदेश सांसद नेपालीको संयोजकत्वमा आठ सदस्यीय मस्यौदा समिति गठन गरिएको थियो । सरकारले काम दिन नसक्दा प्रदेश सांसद अनिश्चित कालका लागि स्थगित छ ।

लेखक
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?