Comments Add Comment

गुप्तचरसहितको दक्षिण कोरियाली टोली प्योङयाङ जाने


२० फागुन, काठमाडौं । दक्षिण कोरियाले वरिष्ठ सुरक्षा अधिकारीहरुको नेतृत्वमा एउटा प्रतिनिधिमण्डल वार्ताका लागि उत्तेरकोरिया पठाउने भएको छ । प्रतिनिधिमण्डलमा गुप्तचर प्रमुख पनि रहनेछन् ।

१० वर्षयता प्योङयाङ जान लागेको यो पहिलो सरकारी टोली हो । सोमबार प्रस्थान गर्ने टोलीले दुई दिन प्योङयाङमा बिताउने ब्लु हाउसले जनाएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले प्योङयाङसँग वार्ता गर्न आफू तयार रहेको जनाउ दिएको बेला यो भ्रमण हुन लागेको छ ।

उत्तर कोरियाले भने वासिङ्टनसँग वार्ता गर्न अनिच्छा व्यक्त गर्दै आगामी अमेरिकी-दक्षिण कोरियाली संयुक्त सैन्य अभ्यासको निन्दा गरेको छ ।

अमेरिका अझै अगाडि बढेमा त्यसको प्रतिकार गर्ने चेतावनी पनि उसले दिएको छ । यो सैन्य अभ्यास अर्को महिना हुन लागेको दक्षिण कोरियाले राष्ट्रपतीय सुरक्षा सल्लाहकारले बताएका छन् ।

प्योङयाङ भ्रमण गर्ने १० सदस्यीय टोलीमा राष्ट्रिय सुरक्षा कार्यालयका प्रमुख चुङ एउइ-योङ र राष्ट्रिय गुप्तचर सेवाका प्रमुख सुह हुन छन् ।

दुई कोरियाबीच तनाव कम गर्ने उद्देश्यले यो भ्रमण हुन लागेको जनाइएको छ । साथै यसले दक्षिण कोरिया र अमेरिकाबीच वार्ताको बन्दोबन्त मिलाउन सक्ने अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले उल्लेख गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment