Comments Add Comment

भरतपुर अस्पतालको झ्यालबाट हाम्फालेर बिरामीले गरे आत्महत्या


२१ फागुन, चितवन । चितवनको भरतपुर अस्पतालमा उपचाररत एक बिरामीले अस्पतालको झ्यालबाट हाम्फालेर आत्महत्या गरेका छन् ।

पश्चिम चितवनको जगतपुरस्थित ध्रुव घर भएका ५२ वर्षीय धनराज सुब्बाले झ्यालबाट हाम्फालेर आत्महत्या गरेको प्रहरी नायब उपरीक्षक प्रभुप्रसाद ढकालले जानकारी दिए ।

अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. युवानिधि बस्यौललले गम्भीर अवस्थामा भेटिएका सुब्बाको आकस्मिक कक्षमा उपचारकै क्रममा मृत्यु भएको बताए । उनका अनुसार, शवलाई अस्पतालमै राखिएको छ ।

सुब्बा यही फागुन १९ गते सुन्निएको प्याङक्रियाजको उपचारका लागि भरतपुर अस्पतालमा भर्ना भएका थिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment