Comments Add Comment

नयाँ शक्तिको महाधिवेशन अर्को फागुनमा, सञ्चार विभागमा पाण्डे

२१ फागुन, काठमाडौं । नयाँ शक्ति पार्टी नेपालको महाधिवेशन अर्को वर्ष फागुनमा हुने भएको छ ।

महाधिवेशन आयोजक समितिको बैठकले २०७५ लाई महाधिवेशन बर्ष बनाउने निर्णय गरेको छ । आगामी भदौ-असोजमा स्थानीय तह, मंसिर-पुसमा प्रादेशिक र फागुन १०-१५ मा संघीय महाधिवेशन गर्ने निर्णय भएको छ ।

बैठकले पार्टी प्रवक्ताको जिम्मेवारी डम्बर खतिवडालाई र केन्द्रीय कार्यालय सचिवको जिम्मेवारी राजु नेपाललाई दिने निर्णय गरिएको नयाँ शक्ति पार्टीले जनाएको छ ।

यस्तै बैठकले सबै प्रदेशमा इन्चार्ज र संयोजक समेत तोकेको छ ।

प्रदेश १ को इन्चार्जमा राजेन्द्रकुमार किराँती, संयोजकमा देवराज भण्डारी, प्रदेश २ मा रामरिझन यादव इन्चार्ज र सुशील यादव संयोजक, प्रदेश ३ मा गंगानारायण श्रेष्ठ इन्चार्ज, सोनामसिं स्याङतान संयोजक, प्रदेश ४ मा रुद्रबहादुर गुरुङ इन्चार्ज, देवीप्रसाद सुवेदीलाई संयोजकको जिम्मेवारी दिइएको छ ।

यस्तै प्रदेश ५ मा नवराज सुवेदी इन्चार्ज, दानबहादुर चौधरी संयोजक, कर्णाली प्रदेश मा इन्चार्ज सरुण बाठा मगर, संयोजक रामबहादुर बोहरा, प्रदेश ७ मा कृष्णकुमार चौधरी, संयोजकमा प्रकाशबहादुर साउदलाई जिम्मेवारी दिइएको छ ।

प्रवास इन्चार्जको जिम्मा भने हिसिला यमी र संयोजकको जिम्मा धनबहादुर गुरुङलाई दिइएको छ ।

सञ्चार विभागमा पाण्डे

नयाँ शक्तिको प्रवक्तामा प्रशान्त सिंह र डम्बर खतिवडा तोकिएका छन् । यस्तै विश्वदीप पाण्डेको नेतृत्वमा सूचना तथा सञ्चार विभाग गठन भएको छ ।

करिव एक दशकसम्म डा. बाबुराम भट्टराईको निजी सचिव रही कुशलतापूर्वक सचिवालय ब्यबस्थापन गरेका पाण्डे प्रेससंग राम्रो सम्बन्ध भएका युवा हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment