Comments Add Comment

यो मेस्सीको ला लिगा हो


२१ फागुन, काठमाडौं । अन्ततः ला लिगाको विजेता टुंगो लाग्यो ! यसको ‘मास्टरमाइन्ड’ थिए उनै लियोनल मेस्सी ।

उनकै प्रेरणामा आइतबार एथ्लेटिको मड्रिडविरुद्ध महत्वपूर्ण जित हासिल गर्दै बार्सिलोना उपाधितर्फ लम्किएको छ ।

डियगो सिमोन्सको टोलीलाई क्याम्प नोउमा स्वागत गर्दा बार्सिलोनाको काम सामान्य थियो, मुख्य प्रतिस्पर्धीलाई अन्तिम धक्का दिएर उपाधिबाट पर धकेल्नु ।

अब एथ्लेटिकोविरुद्ध आठ अंकका दुरी कायम गरेपछि बार्सिलोनाले च्याम्पियन्स लिगमा आफ्नो ध्यान केन्द्रित गर्न सक्छ ।

बार्सिलोनाले मार्चमा ला लिगा आफ्नो पोल्टामा पार्‍यो भन्दा अन्यथा हुनेछैन । यसका लागि उसले आफ्ना सदाबहार नायकलाई पहिलो धन्यवाद दिनुपर्छ ।

यो सिजनका २७ लिग म्याचमध्ये १० वटामा मेस्सीले बार्सिलोनाका लागि गोलको खाता खोलेका छन् । उनको समग्र गोलसंख्या २३ पुगेको छ । त्यसमा चार पटक दुई गोल, एक ह्याट्रिक र एक पटक चार गोल गरेका छन् ।

मेस्सीका यी आँकडाहरुको नजिक पुग्न अरु खेलाडीलाई सजिलो छैन ।

मेस्सीले एथ्लेटिको जर्सी लगाएको भए हामी जित्यौं : सिमोन्स

बार्सिलोनासँग खेल्नु अघि एथ्लेटिको मडि्रडका स्ट्राइकर एन्टोनी ग्रिजम्यानले लगातार दुई ह्याट्रिक (एउटा चार गोल) गरेका थिए । तर, मेस्सीका सामू उनी छायाँमा परे ।

खेलपछि एथ्लेटिको मड्रिडका प्रशिक्षक सिमोन्स भन्छन्, ‘यदि हामीसँग मेस्सी भएको भए वा उनले एथ्लेटिकोको जर्सी लगाएको भए हामीले खेल १-० ले जित्थ्यौं ।’

आफ्नो टोलीले अन्तिमसम्म प्रयास गरेको भन्दै उनले भने, मेस्सी विशेष खेलाडी रहे । उनले फरक पारे ।’

मेस्सीको ६०० औं गोल

एथ्लेटिको मड्रिडविरुद्ध गोल गरेसँगै बार्सिलोनाका अर्जेन्टिनी स्टारको गोल संख्या ६०० पुगेको छ ।

उनले क्लबका लागि ५३९ गोल गरेका छन् भने देशका लागि ६१ । उनले सबैभन्दा धेरै २९ गोल सेभिल्लाविरुद्ध गरेका छन् ।

ला लिगाको इतिहासमा सबैभन्दा धेरै (३६) फरक टिमविरुद्ध गोल गर्ने खेलाडी पनि उनी नै हुन् । उनले गरेका ६०० गोलमध्ये १४८ गोल ७० देखि ९० मिनेटको बीचमा भएको छ ।

उनलाई धेरै गोल पास दिने ड्यानी अल्भेस हुन्, जो हाल पीएसजीमा छन् ।

मेस्सीले ला लिगाको ८ उपाधि उचालिसकेका छन् भने च्याम्पियन्स लिगमा चार पटक च्याम्पियन बनेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment