+
+
Shares

क्षेत्रीय सम्मेलनमा भाग लिन संयोजक भट्टराई इन्डोनेशिया जाँदै

अनलाइनखबर अनलाइनखबर
२०७४ फागुन २१ गते १५:२५

२१ फागुन काठमाडाैं । नयाँ शिक्ति पार्टीका संयोजक तथा पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टरार्इ  इन्डोनेशियाको जकार्तामा हुन लागेको  ‘एशियामा मानवीय पहुँच र वार्ता’ विषयक क्षेत्रीय सम्मेलनलार्इ सम्बोधन गर्न त्यसतर्फ जाँदै छन् ।

संयोजक भट्टराईले फागुन २४ गते ‘मानवीय वार्तामा सरकार र सुरक्षा बलको दृष्टिकोण’ विषयमा सम्मेलनलाई सम्बोधन गर्ने छन् ।सम्मेलन फागुन २४ र २५  गते दुई दिन चल्नेछ ।

सम्मेलनका सहआयोजकहरु द इन्टरनेशनल कमिटी अफ द रेडक्रस (आइसीआरसी), द सेन्टर अफ कम्पेटेन्स अन ह्युमेनिटेरिएन नेगोसियसन (सीसीएचएन), ह्युमेनिटेरिएन फोरम इन्डोनेशिया र पारामाडिना ग्रयाजुएट स्कुल अफ डिप्लोमेसी हुन् ।

संयोजक भट्टराई फागुन २६ गते मलेसिया जाने छन् । त्यहाँ उनले मलेसियाको विकाससम्बन्धी केही अध्ययन भ्रमण गर्नेछन् । त्यहाँका नेपालीहरुसँग अन्तरक्रिया कार्यक्रम समेत रहेको जनाइएको छ ।

संयोजक भट्टरार्इ फागुन २७ गते साँझ काठमाडौं फर्कने कार्यक्रम छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?