+
+

कावासोतीमा सवारी दुर्घटना, १ जनाको मृत्यु

स्थानीयद्वारा बिहानैदेखि सडक अवरुद्ध

अनलाइनखबर अनलाइनखबर
२०७४ फागुन २२ गते ११:०१


२२ फागुन, नवलपरासी । नवलपरासीको कावासोती नगरपालिका १६ डण्डामा नम्बर नखुलेको सवारी साधनको ठक्करबाट एक जना साइकल यात्रुको मृत्यु भएपछि स्थानीयले बिहानैदेखि सडक अवरुद्ध गरेका छन् ।

जिल्ला प्रहरी कार्यालय नवलपरासी बर्दघाट सुस्ता पूर्वका अनुसार मध्यविन्दु नगरपालिका ३ इटौरा निवासी ५८ बर्षीय लक्ष्मण कार्कीलाई आज विहान पौने ६ बजेतिर कावासोती १६ डण्डामा सवारी साधनले ठक्कर दिएको हो ।

उनको घटना स्थलमै मृत्यु भएको र ठक्कर दिने सवारी साधन पत्ता लाग्न नसकेको प्रहरीले जनाएको छ ।

स्थानीयले ठक्कर दिने सवारी साधन पहिचान गर्नु पर्ने र उचित क्षतिपूर्तिको व्यवस्था गर्नु पर्ने माग गर्दै सडक अवरुद्ध पारेका हुन् ।

केही स्थानीय अगुवा र प्रहरी प्रशासनबीच भएको छलफल पछि दिउंसो २ बजेसम्म ठक्कर दिने सवारी साधन पहिचान गर्ने सहमति पछि सडक खुलाउने प्रयास भएको भएपनि मृतकका आफन्त र स्थानीय बासिन्दाले नमानेपछि अवरुद्ध सडक खुल्न सकेको छैन ।

सडक अवरुद्ध हुंदा सयौं सवारी साधनहरु बाटोमै अलपत्र परेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?