मुम्बई । अभिनेता इरफान खानले टि्वटरमा पोस्ट गर्दै आफू गम्भीर बिरामी भएको बताएका छन् । तर, के भएको भन्ने उल्लेख गरेका छैनन् ।
इरफानले भनेका छन्, ‘म १० दिनमा पक्का बताउँला । त्यतिबेलासम्म मेरो लागि प्रार्थना गर्नुहोला ।’
इरफानले हिन्दी, बेलायती र हलिउडका फिल्ममा समेत काम गरेका छन् ।
‘कुनै दिन बिहान सबेरै उठेर सोच्थेा, जिन्दगी अगाडि बढ्दैछ,’ उनले भनेका छन्, ‘पछिल्लो १५ दिनयता मेरो जीन्दगी रहस्यमय तरिकाले अगाडि बढ्दैछ । मलाई जानकारी भएसम्म म गम्भीर बिरामी छु ।’
— Irrfan (@irrfank) March 5, 2018
अहिलेसम्म जिन्दगीको लागि सम्झौता नगरेको भन्दै उनले आफ्नो खुसी अनुसार अघि बढिरहेको बताएका छन् । ‘मेरो परिवार, साथीभाई मेरो साथमा छन् । म अगाडि बढ्ने बाटो खोजीरहेको छु’ इरफानले भनेका छन् ।
७ जनवरी १९६७ मा जयपुरमा जन्मेका इरफान नेसनल स्कुल अफ ड्रामाका विद्यार्थी हुन् । उनी अहिले पनि बलिउडमा कुशल अभिनेताको रुपमा चिनिन्छन् ।
इरफानले सन् १९८८ मा मीरा नायरको फिल्म ‘सलाम बम्बे’ बाट अभिनयमा डेब्यु गरेका थिए । उक्त फिल्म ओस्कार अवार्डमा मनोनयनमा परेको थियो । मकबुल, लाइफ इन मेट्रो, न्युयोर्क, द नेमसेक, लाइफ अफ पाइ, पान सिंह तमोर उनका उत्कृष्ट फिल्म हुन् । सन् २०११ मा उनले पद्मश्री अवार्ड पाएका थिए ।
प्रतिक्रिया 4