Comments Add Comment

विश्वकप छनोट : स्कटल्याण्डले हङकङलाई हरायो


१८ फागुन, काठमाडौं । विश्वकप छनोटमा स्कटल्याण्डले लगातार दोस्रो जित हात पारेको छ ।
मंगलबार उसले हङकङलाई ४ विकेटले हरायो ।
पहिले ब्याटिङ गरेको हङकङ ९१ रनमा अलआउट भयो । उसका निजाकत खानले २६ रन बनाए । एजाज खानले १७ रन बनाउँदा एहसान खानले अविजित १६ रन अविजित रहे । अन्य ब्याट्सम्यानले दोहोरो अंक बनाउन सकेनन् ।
टोम सोलेले १० ओभरमा ५ मेडन राख्दै मात्र १५ रन खर्चिएर ४ विकेट लिए । अलास्डेयर इवान्सले ३ विकेट हात पारे ।
जवाफमा मैदान उत्रिएको स्केटल्याडको पनि सुरुवात राम्रो रहेन । तर, काइल कोट्जरले नटआउट ४१ रनको पारी खेलेपछि स्टकल्याण्डले २३.३ ओभरमा ६ विकेट गुमाएर लक्ष्य भेट्टायो । उसका जर्ज मुन्सीले २२ रन बनाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment