+
+

अर्बपतिहरुको सूचीमा पाँच स्थानमाथि उक्लिए विनोद चौधरी

अनलाइनखबर अनलाइनखबर
२०७४ फागुन २३ गते ९:४८


२३ फागुन, काठमाडौं । अर्बपतिहरुको सूचीमा नेपालका विनोद चौधरी पाँच स्थान माथि उक्लिएका छन् ।

फोर्ब्स म्यागजिनले २०१८ को अर्बपतिहरुको सूची निकालेको छ, जसमा २ हजार २०८ जना अटाएका छन् । नेपालबाट पछिल्ला केही वर्षमा चौधरी अर्बपतिहरुको सूचीमा पर्दै आएका छन् ।

यो पटक उनी १ हजार ५६१ औं स्थानमा छ । उनको सम्पत्ति १.५ बिलियन डलर अर्थात १ अर्ब ५० करोड रहेको फोर्ब्सले जनाएको छ । गत वर्ष उनी १ हजार ५६७ औं स्थानमा थिए र उनको सम्पत्ति १.३ बिलियन डलर अर्थात १ अर्ब ३० करोड थियो । एक वर्षमा उनको सम्पत्ति २० करोडले बृद्धि भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?