Comments Add Comment

राष्ट्रपतिको दौडमा दुई भोजपुरे महिलाः हेर्नुहोस् प्रोफाइल !

२३ फागुन, काठमाडौं । राष्ट्रपतिको निर्वाचनमा एमालेबाट विद्यादेवी भण्डारी र कांग्रेसबाट कुमारी लक्ष्मी राईले प्रतिस्पर्धा गर्दैछन् । दुबै महिला उम्मेदवार भोजपुरे चेली हुन् ।

वहालवाला राष्ट्रपति विद्यादेवी भण्डारीका बारेमा सबै नेपालीहरु जानकार छन् । तर, राष्ट्रपतिका लागि एकाएक उम्मदेवार दर्ता गरेपछि चर्चामा आएकी कुमारी लक्ष्मी राईका बारेमा भने कमैलाई मात्र जानकारी छ ।

बुधबार राष्ट्रपतिका लागि उम्मदेवारी दर्ता गरेपछि एकाएक चर्चामा आएकी कुमारी लक्ष्मीले उम्मेदवारी दर्तासँगै आफू विद्या भण्डारीभन्दा सिनियर भएको बताएकी छिन् ।

को हुन् कुमारी ?

कांग्रेस नेतृ कुमारी लक्ष्मी राई दोस्रो संविधानसभामा समानुपातिकतर्फकी सभासद थिइन् । राजनीतिमा उनी निकै ढीलो चर्चामा आए पनि कांग्रेसको राजनीतिमा उनै पुरानै कार्यकर्ता हुन् । उनको अघिल्लो पुस्ता पनि राजनीतिमा थियो ।

लक्ष्मीका पिता दिवानसिंह राई २०१६ साल वीपी कोइरालाको मन्त्रीमण्डलमा मन्त्रीसमेत बनेका थिए । दिवानसिंह ०१५ सालमा भोजपुरबाट निर्वाचन सांसद हुन् ।

दिवानसिंह पञ्चायतकालमा मोरङको वयरवनमा भएको झोडाकाण्डमा कम्युनिष्ट कार्यकर्ताको आक्रमणबाट मारिएका थिए ।

लक्ष्मीका पतिको नाम देवेन्द्रकुमार राई हो । उनीहरुका दुई छोरी र एक छोरा छन् । भोजपुरको छिनाम्खुमा जन्मेर हाल पोखरेमा बसोबास गर्दै आएकी लक्ष्मीको अस्थायी निवास काठमाडौंको बूढानीलकण्ठ हो ।

त्यसो त भोजपुरमा जन्मेर मोरङमा अध्ययन, शिक्षण अनि राजनीति गरेकी विद्यादेवी भण्डारीले पनि हाल बूढानीलकण्ठमै घर बनाएकी छिन् ।

लक्ष्मी राईले ०३० सालदेखि नेपाली कांग्रेसको राजनीति गरेकी हुन् । विद्यादेवी भण्डारीले ०३५ सालदेखि वाम राजनीति थालेकी हुन् ।

औपचारिक शिक्षामा भने विद्याले बिराटनगरको महेन्द्र मोरङ क्याम्पसबाट प्रवीणता प्रमाणपत्र तह सकेकी छिन् भने लक्ष्मीले सेन्ट मेरिजबाट स्कुल शिक्षा सकेर त्रिविबाट अंग्रेजीमा स्नातकोत्तर गरेकी छिन् ।

विद्यादेवी भण्डारीले यसअघि पटक-पटक सांसद र मन्त्रीको जिम्मेवारी सम्हालिसकेकी छिन् । उनी एमालेमा बरिष्ठ उपाध्यक्षसम्म बनिसकेकी नेतृ हुन् ।

यो पनि पढ्नुस् 

विद्या भण्डारीको मत भार ३३ हजार, लक्ष्मीको ११ हजार (सूचीसहित)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment