Comments Add Comment

पर्वत समाजले छान्यो संरक्षक र सल्लाहकार


अन्तर्राष्ट्रिय पर्वत समाजले संरक्षक तथा सल्लाहकार थप गरेको छ । समाजको केही दिनअघि बसेको स्काईप बैठकले संरक्षक र सल्लाहकार मनोनित गरेको हो ।

संस्थाका महासचिव गुणराज शर्माका अनुसार समितिले प्रमुख संरक्षकमा हितकाजी गुरुङलाई मनोनित भएका छन् । संरक्षकमा कुल आचार्य, रवि लामिछाने, अर्जुनकुमार श्रेष्ठ, गोविन्द सुवेदी र सुवास जोशी छनोट भएका छन् । त्यसैगरी दुर्गाप्रसाद श्रेष्ठ र महेश श्रेष्ठ पनि संरक्षकमा चयन भएका छन् ।

मध्यपूर्वी क्षेत्रबाट गरिने मनोनयन भने तत्काल नगरिएको समाजले जनाएको छ ।

समाजको सल्लाहकारमा स्पेनबाट पुष्प तिमिल्सिना, गंगा भुषाल र शीतल भुर्तेल, रसियाबाट गोविन्दप्रसाद गौतम र रामेश्वर गौतम, नेदरल्याण्डबाट ठाकुरप्रसाद शर्मा र प्रेमकाजी गुरुङ, स्विडेनबाट अर्जुन श्रेष्ठ, डेनमार्कबाट यामलाल सुवेदी, लक्जम्वर्गबाट नारायण गुरुङ, फ्रान्सबाट एकबहादुर मल्ल र सुवर्ण हमाल, स्विट्जरल्याण्डबाट हिराबल गुरुङ, बेल्जियमबाट सुरेन्द्र भुषाल र कृष्ण तिवारी, केदार जोशी, खड्क केसी, श्रीप्रसाद गुरुङ, मेख गुरुङलाई मनोनित गरिएको छ । यस्तै सल्लाहकारमा ग्याम गुरुङ, युके, ओम गुरुङ र नारायण सुवेदी जापान, विद्या गुरुङ र सन्तोष गुरुङ हङकङ, हरिओम प्रधान, आरके भण्डारी र रुद्रबहादुर गुरुङ अमेरिका, दिनेश तिमिल्सिना अष्ट्रिया छन् ।

मध्यपूर्व क्षेत्रबाट भने केही दिनमा सल्लाहकार मनोनित गरिने जनाइएको छ ।

बैठकले कार्यसमिति सदस्य थप्ने समेत निर्णय गरेको छ । समितिले सक्रिय रुपमा सहभागी हुने व्यक्ति तथा संस्थागत रुपमा कुनै पनि देशका पर्वत समाजका महासचिवलाई पदेन सदस्य राख्ने निर्णय गरेको हो ।

समितिका नयाँ सदस्यहरुमा बेल्जियमबाट किरन पुन र रुद्र लम्साल, नेदरल्याण्डबाट विष्णुप्रसाद पोखरेल, बेलायतबाट भरत पौडेल, कतारबाट रघु शर्मा, युएईबाट कमल लामिछाने र साउदीबाट नारायण शर्मा पौडेल रहेका छन् । पोर्चुगलबाट भीमबहादुर क्षेत्रीलाई मनोनित गरिएको छ ।

अमेरिका क्षेत्रमा रिक्त रहेका उपाध्यक्षमा गोविन्द पौडेललाई तोकिएको छ । रिक्त पदपूर्तिको लागि समितिले अन्तर्राष्ट्रिय पर्वत समाजका अध्यक्ष पुरण गिरीलाई जिम्मेवारी दिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment