Comments Add Comment

केकी अधिकारीको प्रश्नः नारी दिवस दशैंको टिका हो र ?

 

विश्वभरका महिलाहरुले ८ मार्चलाई अन्तर्राष्ट्रिय महिला दिवसको रुपमा मनाउँछन् । नेपालमा पनि महिलाकै सन्दर्भमा थुप्रै औपचारिक एवं अनौपचारिक कार्यक्रम हुन्छन्, शहरदेखी गाउँसम्मै ।

अभिनेत्री केकी अधिकारीलाई पनि यस्तै प्रकृतिका धेरै कार्यक्रमबाट निम्तो आउने गरेको छ । कतिपय कार्यक्रममा सहभागी पनि भएकी छिन् ।
उनको अनुभवले भन्छ, ‘हाम्रो समाजमा अझै पनि लक्ष्यित वर्गमा यस्तो कार्यक्रमको प्रभाव परेकै छैन । जुन समुदायका महिलालाई स्रोत सम्पन्न बनाउनुपर्ने हो भएकै छैन ।’

आफैंले अभिनय गरेको चलचित्र ‘राज्जा रानी’ को सुटिङको सन्दर्भ उनले स्मरण गरिन् । नेपालगञ्जको रानीयापुरमा सुटिङ भएको थियो । त्यही क्रममा तराईको दुर्गम गाउँको महिलाको जीवनस्तरलाई नजिकबाट नियाल्ने अवसर पाइन् ।

गाउँमा एकजना महिला बिरामी थिइन्, उठ्न-बस्नै नसक्ने अवस्थामा । तर, उनको उपचारमा कसैले चासो दिएको थिएन । केकीले परिवारका सदस्यसँग बिरामी महिलाको वारेमा चासो राखिन् । उपचारको बारेमा कसैले पहल नगरेको पाइन् ।

खासमा ति महिलाले थुप्रै सन्तान जन्माएकी थिइन् । काम गर्न सक्ने अवस्था थिएन । उमेर पनि बढ्दो थियो । परिवारका अन्य सदस्यले यतिसम्म भने, ‘अब बचाएर पो के गर्नु । बाँचेर यीनले के नै गर्न सक्छिन् र ।’

त्यो परिवेश देखेर अत्यास लाग्यो उनलाई । उनको अनुभवले भन्छ, यस्ता समस्या अन्य गाउँमा पनि छ । तर, समस्या निराकरण गर्नेतर्फ पहल सार्‍है थोरै भएको पाएकी छिन् ।

शहरमा हुने अधिकारका बहस औपचारिकतामै सिमित भएको बुझेकी केकी भन्छिन्, ‘महिला अधिकारका लागि एकदिन भाषण गरेर हुन्न । यो दसैंको टिकाको साइत होइन ।’

जतिसुकै चर्को स्वरमा महिला अधिकारको कुरा गरेपनि महिलालाई साधन मान्ने संस्कारको अन्त्य नभएसम्म महिलाको समृद्धि असम्भव जस्तै लाग्छ उनलाई ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment