Comments Add Comment

सरकारको स्थायित्वका लागि कर्मचारीको सहयोग आवश्यकः मुख्यमन्त्री पौडेल

२५ फागुन, हेटौंडा । प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेल कर्मचारीले सहयोग गरेमात्र सरकारको स्थायित्व रहने बताएका छन् ।

देशभरबाट हेटौंडा आइपुगेका स्थानीय तहका कर्मचारीलाई सरकारको सहयोगी बन्न आग्रह गरे ।

हेटौंडामा स्थानीय तह कर्मचारी मिलन केन्द्र नेपालको केन्द्रीय भेलामा मुख्यमन्त्री पौडेलले कर्मचारीलाई हामी पनि सरकारको अभिन्न अंग हौं भन्ने भावनाका साथ काम गर्न आग्रह गरे ।

उनले नयाँ परिवर्तनपछि सरकार सबै क्षेत्रलाई प्रतिस्पर्धी बनाउने अभियानमा रहेको भन्दै कर्मचारीलाई प्रतिस्पर्धी बनाउँदै मुलुक रुपान्तरणसँगै परिवर्तन समृद्धिको दिशामा अघि बढाउने काममा लागेको बताए ।

मुख्यमन्त्री पौडेलले कर्मचारीले आफू मुलुक निर्माण गर्ने महत्वपूर्ण अंगको रुपमा महशुस गरे बिकास र समृद्धि टाढा नभएको बताए ।

उनले मुलुकको बिकास र समृद्धिका लागि सहयोगी बने सरकार पनि सहयोगी बन्न तयार रहेको बताए । ‘कर्मचारीले काम गरेमात्र सरकार अघि बढछ,’ उनले भने, ‘सरकार पनि टिक्छ अन्यथा चल्दैन भन्ने कुरा महशुस गर्न जरुरी छ ।’

कर्मचारीले सरकारको अंगको महशुस गरेमा राज्यले स्थायित्व पाउने समस्या हल हुने प्रष्ट्याए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment