+
+

प्रदेश ५ का मुख्यमन्त्रीले विश्वासको मत लिँदै

अनलाइनखबर अनलाइनखबर
२०७४ फागुन २७ गते ८:३०

२७ फागुन, रुपन्देही । प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले आज विश्वासको मत लिँदैछन् । त्यसका लागि दिउँसो एक बजे प्रदेशसभा बैठक आह्वान गरिएको छ ।

प्रदेशसभामा वाम गठबन्धनको समर्थन रहेकाले पोखरेलले विश्वासको मत पाउने निश्चित छ । माओवादीकोसमेत समर्थनमा मुख्यमन्त्री बनेका एमाले नेता पोखरेलले ३ फागुनमा शपथ ग्रहण गरेका थिए ।

आइतबारको प्रदेशसभा बैठकमा आर्थिक कार्यविधि ऐन र स्थानीय तहका सेवा सुविधा सम्बन्धी ऐन पेश गर्ने तयारी पनि गरिएको छ ।

यसअघि १३ फागुनका लागि तय भएको बैठकमा विजनेस नभएको भन्दै बैठक नै नबसी सूचना टाँसेर स्थगित भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?