+
+

सिद्धार्थ उद्योग वाणिज्य संघको अध्यक्षमा न्यौपाने विजयी

अनलाइनखबर अनलाइनखबर
२०७४ फागुन २८ गते ९:१२

२८ फागुन, रुपन्देही । सिद्धार्थ उद्योग वाणिज्य संघको अध्यक्षमा कुल प्रसाद न्यौपाने विजयी भएका छन् । कार्यसमिति सदस्य बाहेक अन्य सबै पदमा कुलप्रसाद प्यानलले विजय प्राप्त गरेको हो ।

न्यौपानेले ८६९ मत प्राप्त गरे भने उनका निकटतम प्रतिद्वन्द्वी डा.शान्तकुमार शर्माले ६७३ मत प्राप्त गरे ।

त्यसैगरी वरिष्ठ उपाध्यक्ष पदमा भिष्म प्रसाद न्यौपाने विजयी भए । ५९औं वार्षिक साधारणसभा तथा अधिवेशनबाट अगामी ३ वर्षे कार्यकालका लागि नयाँ नेतृत्व चुनिएको हो । न्यौपानेले ९२७ मत प्राप्त गरे भने उनका प्रतिद्वन्द्वी नवराज न्यौपानेले ६४६ मत पाए ।

उद्योग उपाध्यक्षतर्फ अरुण गोयन्काले ९६१ मत प्राप्त गरी विजयी भए । उनका निकटतम प्रतिद्वन्द्वी शान्ता जिसीले ६४८ मत प्राप्त गरिन् ।

त्यस्तै वाणिज्य उपाध्यक्षमा ठाकुर कुमार श्रेष्ठ १ हजार ६८ मत प्राप्त गरी विजयी भएका छन् । श्रेष्ठका निकटतम प्रतिद्वन्द्वी विनोद खरेलले ४९४ मत प्राप्त गरीे पराजित भएका छन् । महासचिव पदका लागि नेत्रप्रसाद आचार्य १ हजार ९३ मतका साथ विजयी भएका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी इम्तियाज अहमदले ४५८ मत प्राप्त गरे ।

सचिवमा विजय पाण्डेले ९३१ मत प्राप्त गरी विजयी भए भने उनका निकटतम प्रतिद्वन्द्वी पशुपति प्रसाद कान्दुले ६८२ मत प्राप्त गरे ।

कोषाध्यक्षमा दिलिप कुमार कान्दु ८०८ मतका साथ विजयी भए उनका प्रतिद्वन्द्वी रवि कुमार श्रेष्ठले ७६० मत प्राप्त गरे ।

त्यसैगरी १० जना वाणिज्य कार्यसमिति सदस्यमा हरिश कुमार सेठिया,धर्मविर शर्मा, गौरव श्रेष्ठ, संजय कुमार वेरिवाल, पि्रतम रौनियार, अर्जुन कार्की, गोपाल भण्डारी, कमल प्रसाद मरासिनी, त्रिलोकी प्रसाद तेली र गंगासागर अग्रहरी निर्बाचित भए ।

उद्योग कार्यसमिति ५ जना सदस्यमा गोविन्द ज्ञवाली, मंगल भण्डारी, रमेश घिमिरे, सुरेन्द्र उपाध्याय पौडेल र भुवन कुमार कान्दु चुनिएको निर्वाचन अधिकृत शिव गौडेलले बताए ।

कुल २१६७ मतदाता रहेको संघमा १६३९ मत खसेको थियो ।

एसोसिएट, महिला सदस्य बस्तुग तर्फको सदस्य भने निर्विरोध भए । एशोसिएट सदस्यतर्फ रोहित कुमार अग्रवाल र दिपक कुमार पौडेल चुनिए भने महिला सदस्य उद्योगतर्फ पल्लवी न्यौपाने र वणिज्य तर्फ यमकला न्यौपाने, त्यस्तै वस्तुगत सदस्यमा कृष्ण घिमिरे निर्बिरोध भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?