Comments Add Comment

कैलाश विकास बैंकको शाखा विराटनगरमा

२८ फागुन, काठमाडौं । कैलाश विकास बैंक लिमिटेडले मोरङ्गको विराटनगरमा आफ्नो ४४ औँ शाखा स्थापना गरी यही फाल्गुन २८ गते सोमबार देखि कारोवार शुभारम्भ गरेको छ । यस नयाँ शाखा सहित बैंकको शाखा संख्या ४४ पुगेका छन् भने एटिएम संख्या २२ पुगेका छन् ।

बैंकले निकट भविष्यमा झापा जिल्लाको दमक तथा पर्सा जिल्लाको विरगंजमा शाखा बिस्तार गर्ने तयारी गरिरहेको बैंकका प्रमुख कार्याकारी अधिकृत अमृत चरण श्रेष्ठले बताए ।

राष्ट्रिय स्तरका विकास बैंक हरुमा सबै भन्दा जेष्ठ यस विकास बैंकको चुक्ता पूँजी रु.२ अर्व ५२ करोड रहेको छ । पौष मसान्तमा रु.१९ अर्व ११ करोड निक्षेप संकलन गरी रु.१७ अर्ब ५२ करोड कर्जा प्रवाह गरेको यस संस्थाले विकास बैंकहरु माझ सर्वाधिक २६ करोड ६० लाख खुद नाफा आर्जन गर्न सफल भएको थियो ।

बैंकले अत्याधुनिक प्रविधिको उपयोग गर्दै समस्त आधारभूत बैंकिङ्ग सेवाको अलावा मोबाएल बैंकिङ्ग, एसएमएस बैंकिङ्ग ईन्टरनेट बैंकिङ्ग सेवा, शेयर लगानीकर्ताहरुको लागि सी-आस्वा सेवा, सुविधा भुक्तानी, रेमिटान्स सेवा लगायतका सेवाहरु प्रदान गर्दै आएको जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment