Comments Add Comment

वीरगञ्ज चिनी र कृषि औजार कारखाना सञ्चालन गर्न माग

२९ फागुन, वीरगञ्ज । वीरगञ्ज चिनी कारखाना र कृषि औजार कारखाना सञ्चालनको माग गर्दै किसानहरुले प्रदेश २ का मुख्यमन्त्रीलाई ज्ञापन पत्र बुझाएका छन् ।

किसान हकहित संर्घष समिति पर्साले मंगलबार प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउत गद्दीलाई ज्ञापन पत्र बुझाएको हो ।

संंर्घष समितिका पर्सा अध्यक्ष सहरुम राउत गद्दीको नेतृत्वमा रहेको किसानहरुको टोलीले ज्ञापन पत्र बुझाउँदै अविलम्ब उखुको मूल्य निर्धारणका लागि समन्वय गरिदिन अनुरोध गरेका हुन् ।

संविधानको धारा ३३ मा प्रत्येक नागरिकलाई रोजगारीको हक हुनेछ भनेर संवैधानिक ग्यारेन्टी गरिएको छ । तर, बारा, पर्सा, रौतहट मात्रै नभएर धनुषासम्मको जनताको जीवनस्तर माठि उठाउन सक्ने उद्योग बन्द अवस्थामा छ ।’ अध्यक्ष राउतले भने ‘नगदेबाली उखुको विक्रिमा देखिएको समस्या समाधान गर्न र रोजगारी सृजना गर्न चीनि र कृषि औजार कारखाना सञ्चालनमा आउनुपर्छ ।’

वीरगञ्ज चिनी कारखानाको अर्बौको समान दिन प्रतिदिन जीर्ण भइरहेको प्रति पनि किसानहरुले चिन्ता व्यक्त गरेका छन् ।

रसियन सरकारको लगानीमा स्थापित यी उद्योगबाट करिब ५ हजार जनाले प्रत्यक्ष तथा अप्रत्यक्ष रोजागारी पाएकोमा हाल दुबै कारखाना बन्द हुँदा किसानहरु मर्कामा छन् ।

सरकारले संचालन गरेको वीरगञ्ज चिनी कारखाना बन्द भएपछि उखु किसानहरु चलानी, ढुवानी र भुक्तानीको समस्यामा छन् ।

निजी चिनी उद्योगले उखुको उचित मूल्य नदिंदा किसानहरु मर्कामा छन् । उखुको मूल्य निर्धारणमा वर्षेनी विवाद हुने गरेको छ ।

लामो समयदेखि बन्द रहेको वीरगञ्ज चिनी कारखाना र कृषि औजार कारखाना सञ्चालनमा आएकोखण्डमा निजी चिनी उद्योग र कृषि औजारको बिक्रेताको शोषणबाट मुक्त हुने किसानहरुको ठहर छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment