Comments Add Comment

यसरी बनाउन सकिन्छ, बच्चाको कपाल आकर्षक र मुलायम

बच्चाको कपाल धेरै कोमल हुने भएकाले नियमित रुपमा हेरचाह गर्नुपर्छ । बच्चा आफैले आफ्नो कपाल स्याहर गर्न सक्दैन । त्यसैले अभिभावले बच्चाको कपालको स्यहार गर्नुपर्छ । बेलैमा कपालको सही तरिकाले स्याहर गरिएन भने, पछि गएर ठूलो समस्या निम्तिन सक्छ ।

कसरी बच्चाको केसलाई आकर्षक र मुलायम बनाउन सकिन्छ त ?

हेयर कटिङ

बच्चाको कपाल काट्न एकदमै गाह्रो हुन्छ । किनकी बच्चाहरु कपाल काट्न मान्दैनन् । तैपनि समय- समयमा बच्चाको कपाल काट्न एकदमै जरुरी हुन्छ । छोटो कपाल हेरचाह गर्न सजिलो हुने र नअल्झीने हुन्छ । यदी बच्चा सैलुनमा गएर कपाल काट्न मान्दैन भने घरमै फकाएर काट्न सकिन्छ ।

नुहाउनुअघि कोर्ने

प्रायजसो बच्चा बाहिर खेल्ने भएकाले कपालमा धुलो-धुवाँ, मैलो लाग्ने हुनाले कपाल झर्ने  टुक्रने र अल्भिmने हुन्छ । त्यसैले नुहाउनुअघि कपाल  राम्रोसँग कोर्नु पर्छ । यसो गर्दा कपाल नुहाउँदा पनि झर्दैन ।

स्याम्पो र कन्डिसनरको प्रयोग

नियमित रुपमा बच्चाको कपालमा सेम्पो गर्नु पर्दछ । स्याम्पो प्रयोग गर्दा जहिल्यै पनि बच्चाको माइल्ड स्याम्पो नै प्रयोग गर्नु पर्छ । जसले गर्दा बच्चाको आँखामा कुनै पनि गर्दैन ।

स्याम्पो गरेपछि

स्याम्पो गरेपछि कपाल चिसो भएको हुन्छ । चिसो कपालमा कोर्दा कपाल टुक्रने हुन्छ त्यसैले कपाल राम्रोसगं सुकेपछि मात्र कोर्नु पर्दछ । कपाल सुकाउदाँ हेयर डायरको प्रयोग गर्नु भन्दा नरम तौलियाको साहयताले सुकाउँदा राम्रो हुन्छ ।

नियमित रुपमा कपाल कोर्ने

कपाल अल्झिएर झन झर्ने भएकाले नियमित रुपमा कपाल कोर्ने बानि गर्नु पर्छ । राम्रोसगं कपाल सुकेपछि मात्र कोर्नु पर्छ ।

हेयर एसेसरिज

कपाल बाँध्नको लागि क्लिप या रबरको प्रयोग गरिन्छ । जुन क्लिप या रबर कस्तो मेटेरियलबाट बनेको छ त्यो कुरा ध्यान दिनु पर्छ किनकी बच्चाको कपालमा लगाँउदा  घोचेर घाउ बनाउन सक्छ । जहिल्यै पनि राम्रो गुणस्तरको ब्रश, काँइयो प्रयोग गर्नु पर्छ ।

डाइट चार्ट

यसको साथसाथै बच्चालाई हेल्दी डाइटको पनि आवश्यकता पर्छ । सन्तुलित आहरको कमि भएमा पनि  बच्चाको कपाल झर्ने , टुक्रने, अल्झिने र कमजोर हुने हुन्छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment