1. ताजा अपडेट
Comments Add Comment
Santosh
२०७४ फागुन ३० गते २१:२४
Chimekee ko panityanki maa ledai ledho rahecha tara pani chup lagera base ka rahychan. Dhanye hami nepali janta atinai sahanshil raa shaant chau.
SURESH
२०७४ फागुन ३० गते १५:०५
बिल्कुल यस्तै समस्या महाराजगंज चुनदेवी मा पनि भैरेह्को छ. शुरुमा पानि गनाउने आउछ, फोहोर पनि हुन्छ कति समयमा एकछिन पछि सफा पनि हुन्छ तर धेरै जसो फोहोर अनि गनाउने नै आउछ. सम्बन्धित निकाय को समयमै ध्यान पुगोस
Naresh Shahi
२०७४ फागुन ३० गते १२:१३
Kathmandu municipality ley sochane ra samjhine bela ayo Kathmandu Khane pani ko galti ho ki dhal wala ko.
Naresh Shahi
२०७४ फागुन ३० गते १२:०२
Nepal Desh ma neta haru lai Mineral water piyune bani pareko cha. janta jai bhad ma?????????? Jai Desh JAi Naresh
rajhaans
२०७४ फागुन ३० गते १०:३८
साँघुरो ठाउँ, अती अव्यवस्थित शहर । झाडा तिर्ने खालका विकास । यो अझै सैयौं वर्षसम्म नौलो हुने छैन । हामी कहाँ जनताले उपभोग गर्ने कुराहरुको गुणस्तरप्रति न उपभोक्ता सचेत छौं न जिम्मेवारपक्ष नै जिम्मेवार छ । कम गुणस्तरमा नै त यहाँ चुनाब खर्च टिकेको हुन्छ । अरु देशमा क्षतीपूर्तिको व्यवस्था छ, हुन्छ । यहाँ पद्धति नै मिसावटको भरमा टिकेको छ । जिम्मेवारी कोही लिनै चाहँदैन । व्यवस्थित गर्न नसकिने होइन सकिन्छ । हाम्रोभन्दा साँघुरा गल्ली भएका शहरहरु पनि अन्त विदेशतिर व्यवस्थित भइरहेका देखिन्छन् । सडक खन्न नपर्ने गरी र सैयौं वर्ष सामान्य मर्मत बाहेक केही नपर्ने गरी बिजुली, खानेपानी, ढल, टेलिफोन र अन्य सुविधाका कुराहरु सडकका दुबैतिरका किनारबाट लगिएका हुन्छन् । यहाँ भने अव्यवस्थामै हुर्कन पल्केको संस्कार छ, व्यवस्थित हुनै चाहँदैन । गोब्रेकीरोलाई करोडौं पर्ने सोफामै लगेर राखे पनि फेरी गोबर खोज्दै घिस्रेर गोठमै पुगि हाल्दो रहेछ, होइन भने सोफामै लगेर गोबर राखि दिनु पर्दो रहेछ ।

खानेपानीको धाराबाट ढल आएको बुद्धनगरबासीको गुनासो

बुद्धनगरस्थित एभरेष्ट मार्गको घरमा आएको धमिलो पानी ।

३० फागुन, काठमाडौं । खानेपानीको पाइपबाट धमिलो पानी आएपछि बुद्धनगरवासी समस्यामा परेका छन् । काठमाडौं महानगरपालिका वडानम्बर १० स्थित एभरेष्ट मार्गमा रहेका घरमा विगत तीन दिनदेखि लगातार दुर्गन्धित धमिलो पानी आइरहेको स्थानीयको भनाइ छ ।

स्थानिय वासिन्दा सन्तोष गुप्ताले भने, ‘पानी आउने पालोको दिनबाहेक पनि लगातार गन्हाउने पानी आइरहेको छ । गुनासो गर्दा पनि खानेपानी कार्यालयले बेवास्ता गर्‍यो ।’

उनले यसको गुनासो लिएर मिनभवनस्थित केयूकेएलको कार्यालयमा गएको र केही कर्मचारीहरु आएर वरपरको क्षेत्रमा खनेर हेरेपछि ढल नमिसिएको जानकारी दिएर हिँडेको उनले बताए । ‘उहाँहरु ढल मिसिएको छैन भनेर जानुभयो तर, धारोबाट दुर्गन्धित पानी आउनेक्रम रोकिएको छैन,’ कानुन व्यवसायीसमेत रहेका गुप्ताले भने, ‘ढल मिसिएको होइन भने के भएको हो छिटो समस्याको समाधान गरिदिनुपर्‍यो नि ।’

उनले धमिलो र गन्हाउने पानी आएपछि खाना पकाउने, नुहाउने र कपडा धुने कामसमेत गर्न नपाएको गुनासो गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

ट्रेन्डिङ

Advertisment