३० फागुन, काठमाडौं । नेपाल फाइनान्स लिमिटेड (नेफिन्स्को) को विशेष साधारण सभा सम्पन्न भएको छ । संचालक समिति/व्यवस्थापन समूहको संयोजक झलक शर्मा आचार्यको संयोजकत्वमा सभा सम्पन्न भएको हो ।
विशेष साधारण सभाले एक सेयर बराबर एक दशमलव दुई पाँच कित्ता दरले हकप्रद सेयर जारी गर्ने प्रस्ताव पारित गरेको छ । कम्पनीमा संस्थापक समूहबाट प्रा. हिरेन्द्र मान प्रधान, चन्द्र कुमार राई, राजन प्रजापति, दिप्रश शाक्य तथा सर्वसाधारण समूहबाट अनागत रत्न कंसाकार संचालक समितिमा निर्विरोध निर्वाचित भएका छन् ।
सो वित्त कम्पनीलाई नेपाल राष्ट्र बैंकले २०७१ मंसिर १७ गते समस्याग्रस्त वित्तीय संस्थाको रुपमा घोषणा गरिएको थियो । २०७३ मंसिर २३ गतेबाट राष्ट्र बैंकले व्यवस्थापन नियन्त्रणमा लिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4