Comments Add Comment

चाउचाउको लोभ देखाएर ६ वर्षीया बालिका बलात्कार

३० फागुन, गुल्मी । गुल्मीमा ६ वर्षीया बालिका बलात्कृत भएकी छन् ।

जिल्लाको इस्मा गाउँपालिकाकी बालिका १६ वर्षीया किशोरबाट बलात्कृत भएको प्रहरीले जनाएको छ ।

मंगलबार साँझ ४ बजे ६ वर्षीया बालिकालाई चाउचाउ र बिस्कुटको लोभ देखाइ बलात्कार गरेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरीक्षक अनुरागकुमार द्धिबेदीले जानकारी दिए ।

बालिका बलात्कार गरेको आरोपमा गुल्मीको इस्मा गाउँपालिका-४ का १६ वर्षीय हिमाल दमाई -दर्जी)लाईर् प्रहरीले पक्राउ गरेको छ ।

परिवारको उजुरीका आधारमा दर्जीलाई इस्मा प्रहरीले नियन्त्रणमा लिई मंगलबार नै जिल्ला प्रहरी कार्यालयमा ल्याइएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी सहायक निरीक्षक सत्य यादवले जानकारी दिए ।

इस्मा गाउँपालिकाको न्यायिक समितिको संयोजक तथा उपप्रमुख बिमला खत्रीले बालिका रगतताम्य अवस्थामा भएकाले तत्काल उपचारको लागि सदरमुकाम पठाएको जानकारी दिइन् ।

बालिकाको राति नै जिल्ला अस्पताल तम्घासमा स्वास्थ्य परीक्षण गरी बुधबार थप उपचारका लागि पाल्पा रिफर गरिएको यादवले बताए ।

आरोपित अहिले प्रहरी नियन्त्रणमा छन् । उनले बालिका बलात्कार गरेको स्वीकारेको प्रहरीले जनाएको छ ।

प्रहरी नियन्त्रणमा रहेका युवा माथी थप अनुसन्धान भइरहेको र थप कानुनी कारबाही अगाडि बढाउने तयारी भैरहेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरीक्षक द्धिबेदीले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment