७ जेठ, काभ्रेपलाञ्चोक । दोलखाको शैलुङमा नाबालिकालाई जबरजस्ती करणी गरेको आरोपमा धनुषाका एक युवक पक्राउ परेका छन् ।
जिल्ला प्रहरी कार्यालय दोलखाका प्रहरी निरीक्षक तथा प्रवक्ता श्रीराम तिमल्सिनाका अनुसार पक्राउ पर्नेमा धनुषाको बटेश्वर गाउँपालिका–१ का २१ वर्षीय अन्जन लामा छन् । उनलाई जिल्ला प्रहरी कार्यालय दोलखाको टोलीले शैलुङ क्षेत्रबाट पक्राउ गरेको हो ।
प्रहरीका अनुसार युवक शैलुङ घुम्न आएका बेला करिब १५ वर्षीय नाबालिकालाई करणी गरेको आरोपमा उजुरी परेपछि लामालाई नियन्त्रणमा लिइएको हो ।
घटनाबारे बालिकाका आफन्तले प्रहरीलाई खबर गरेका थिए । पीडित बालिकाको स्वास्थ्य अवस्था हाल सामान्य रहेको प्रहरीले जनाएको छ ।
करणीमा संलग्न लामालाई दोलखा जिल्ला अदालतबाट ६ गते पक्राउ स्वीकृति लिइ चार दिन म्याद थप गरिएको प्रहरी प्रवक्ता तिमल्सिनाले जानकारी दिए ।
घटनासम्बन्धी कारबाही मुलुकी फौजदारी संहिता २०७४ को दफा ९ को उपदफा (६) अनुसार अनुसन्धान जारी रहेको र आवश्यक थप कानुनी प्रक्रिया अघि बढाइने प्रहरीले जनाएको छ ।
प्रतिक्रिया 4