News Summary
Generated by OK AI. Editorially reviewed.- सिरहामा दलित विकास मञ्च र गैरसरकारी संस्थाले सुर्खेतकी इनिशा विश्वकर्माको हत्या र रौतहटमा दलितमाथि कुटपिटको विरोधमा प्रदर्शन गरेका छन्।
- प्रदर्शनकारीहरूले हत्या र कुटपिटमा संलग्नलाई तत्काल पक्राउ गरी कडा कानुनी कारबाही गर्न सरकारसँग माग गरेका छन्।
- कोणसभामा वक्ताहरूले दलित महिलामाथि बढ्दो हिंसा र राज्य निकायहरूको संवेदनशीलता अभावप्रति गहिरो चिन्ता व्यक्त गरेका छन्।
२ चैत, सिरहा । सुर्खेतकी इनिशा विश्वकर्माको हत्या तथा रौतहटमा दलित समुदायमाथि भएको सामूहिक कुटपिट घटनाको विरोधमा गर्दै सिरहामा प्रदर्शन भएको छ ।
दलित विकास मञ्चको आयोजना तथा विभिन्न गैरसरकारी संस्थाको सहकार्यमा गोलबजारमा सोमबार विरोध प्रदर्शन गरिएको हो ।
प्रदर्शनकारीहरूले हत्या तथा कुटपिट घटनामा संलग्न व्यक्तिहरूलाई तत्काल पक्राउ गरी कडा कानुनी कारबाही गर्न सरकारसँग माग गरेका छन् । उनीहरूले गोलबजार क्षेत्रमा नाराबाजीसहित प्रदर्शन गर्दै पीडितलाई न्याय दिन राज्य गम्भीर बन्नुपर्ने बताएका छन् ।
प्रदर्शनपछि गोलबजार मुख्यचोक गोलचक्करमा कोणसभा आयोजना गरिएको थियो । कोणसभामा वक्ताहरूले पछिल्ला दिनमा महिला र विशेषगरी दलित महिलामाथि, हिंसा र हत्या घटनाहरू बढ्दै गएकोप्रति गहिरो चिन्ता व्यक्त गरे। उनीहरूले छोरीहरू विद्यालय गएपछि सुरक्षित घर फर्किन्छन् कि फर्किन्नन् भन्ने डर अभिभावकमा बढ्दै गएको बताए ।

वक्ताहरूले राज्यका निकायहरूले महिलाप्रति उचित र संवेदनशील दृष्टिकोण नअपनाउँदा महिलाहरू अझ बढी जोखिममा परेको जिकिर गरे । उनीहरूले कानुनी राज्य, इमान्दार प्रशासन र जिम्मेवार जनप्रतिनिधित्व कमजोर हुँदा यस्ता घटनाहरू बढ्दै गएको बताएका छन् ।
उनीहरूले समाजमा महिलाले स्वतन्त्र र सुरक्षित रूपमा बाँच्न पाउने अधिकार सुनिश्चितता गर्न सरकारसँग माग गरे । दलित महिलामाथि भइरहेका बलात्कार र हत्या घटनाप्रति पनि राज्य गम्भीर हुनुपर्ने उनीहरूले आवाज उठाएका छन् ।
कोणसभामा दलित विकास मञ्चका कार्यकारी निर्देशक सञ्जय महरा, दलित अगुवा तथा समाजसेवी शिवकुमार महरा, दलित महिला केन्द्र ९सीडीडब्लूएन०की रीता रजक तथा मुक्ति नेपालका दासले मन्तव्य व्यक्त गरेका थिए ।
प्रतिक्रिया 4