+
+
Shares

बालेनपछि भारतीय र्‍यापर डकैतसँग सहकार्य गर्दै भियोमा, ‘बावे’ ल्याउने

अनलाइनखबर अनलाइनखबर
२०८२ चैत २ गते १२:५१
Listen News
0:00
0:30
🔊

News Summary

Generated by OK AI. Editorially reviewed.
  • भियोमाले भारतीय र्‍यापर डकैतसँग नयाँ गीत ‘बावे’ मा सहकार्य गर्ने घोषणा गरेका छन्।
  • गीतको बीट कपासले निर्माण गरेका छन् भने निर्देशन विवेक महेश्वरीले गरेका छन्।
  • यो सहकार्य चार वर्षपछि भियोमा र डकैतबीचको दोस्रो प्रोजेक्ट हो।

काठमाडौं । चर्चित नेपाली हिपहप गायक भियोमाले भारतीय र्‍यापर डकैतसँग नयाँ सांगीतिक सहकार्यको घोषणा गरेका छन् । उनले सामाजिक सञ्जालमार्फत ‘बावे’ शीर्षकको गीतको पोस्टर सार्वजनिक गर्दै यसबारे जानकारी दिएका हुन् ।

पोस्टरमा ‘हाइप भिजुअल प्रिजेन्ट्स’ उल्लेख गरिएको छ भने गीतमा भियोमा र डकैतको सहकार्य रहने जनाइएको छ । गीतको बीट कपासले निर्माण गरेका छन् ।

निर्देशन तथा डीओपी विवेक महेश्वरी, सिनेमाटोग्राफी अंकित रावत, सम्पादन भिगनेस थापा लगायतको टिम संलग्न रहेको पोस्टरमा उल्लेख छ । गीत चाँडै सार्वजनिक हुने जनाइएको छ ।

पोस्टरको दृश्यात्मक शैली पनि आकर्षक छ । अगाडि भियोमा र डकैतलाई हिपहप शैलीमा प्रस्तुत गरिएको छ भने पछाडि ठूलो समूह र दुई देशका झण्डा राखिएको छ । गीतले नेपाल–भारतबीचको सांस्कृतिक र सांगीतिक सम्बन्धलाई प्रतीकात्मक रूपमा जोड्ने संकेत दिन्छ।

४ वर्षपछि फेरि भियोमा-डकैत

यो सहकार्य भियोमा र डकैतबीचको दोस्रो प्रोजेक्ट हो । यसअघि उनीहरूले ‘स्टे ट्रु’ शीर्षकको गीतमा सहकार्य गरेका थिए, जसमा र्‍यापर बालेन) पनि सहभागी थिए । उक्त गीतले नेपाली र भारतीय अन्डरग्राउन्ड हिपहप सर्कलमा राम्रो चर्चा पाएको थियो ।

करिब ४ वर्षपछि भियोमा र डकैत फेरि एउटै गीतमा देखिन लागेका हुन् ।

भियोमा पछिल्लो समय नेपाली र्‍याप दृश्यका सक्रिय र प्रयोगशील कलाकारमध्ये एक मानिन्छन् । सामाजिक सन्देश, व्यक्तिगत संघर्ष र सांस्कृतिक पहिचानलाई उनले आफ्ना गीतमा जोड्ने गरेका छन् ।

नेपाली र्‍यापको प्रारम्भिक चरणदेखि सक्रिय रहेका भियोमाले विभिन्न स्वतन्त्र हिप–हप प्रोजेक्टमार्फत आफूलाई स्थापित गरेका छन् । उनका गीतहरूमा प्रयोग हुने काव्यात्मक शब्द र राजनीतिक-सामाजिक सन्दर्भले उनलाई फरक पहिचान दिलाएको छ ।

भारतीय र्‍यापर डकैत उत्तराखण्ड क्षेत्रबाट उदाएका अन्डरग्राउन्ड हिप–हप दृश्यका चर्चित कलाकार हुन् । हिन्दी र क्षेत्रीय भाषाको मिश्रणमा उनी कडा शब्दशैली र सामाजिक यथार्थका विषयमा र्‍याप गर्ने कलाकारका रूपमा चिनिन्छन् ।

उनका गीतहरूमा स्थानीय संस्कृति, युवा संघर्ष र सडक जीवनका कथा सुनिन्छन् । यस कारण भारतीय स्वतन्त्र हिप–हप समुदायमा उनको अलग पहिचान बनेको छ ।

सीमापार हिप-हप सहकार्यको निरन्तरता

भियोमा र डकैतको नयाँ सहकार्यले नेपाली र भारतीय हिप-हपबीचको अन्तरसम्बन्धलाई अझ मजबुत बनाउने अपेक्षा गरिएको छ । पछिल्ला वर्षमा दक्षिण एसियाली अन्डरग्राउन्ड र्‍याप दृश्यमा कलाकारबीच सीमापार सहकार्य बढ्दै गएको देखिन्छ ।

‘बावे’ सार्वजनिक भएपछि यो सहकार्यले कस्तो सांगीतिक सन्देश दिन्छ भन्ने प्रतीक्षा भने अहिलेका लागि बढ्दै गएको छ ।

 

View this post on Instagram

 

A post shared by @vyoma.vyoma

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?