News Summary
Generated by OK AI. Editorially reviewed.- नेकपा एमालेका महासचिव शंकर पोखरेलले भर्चुअल बैठकमा नयाँ शक्ति लोकप्रियतावाद र अराजकतावादको आधारमा उदाएको दाबी गरे।
- पोखरेलले रास्वपाभित्र लोकप्रियतावादी र अवसरवादीहरूको गठजोड रहेको र दीर्घकालीन राजनीतिक दृष्टि नभएको टिप्पणी गरे।
- उनले एमालेले मत परिणाम सम्मान गर्ने र जनताले स्थिर विचार भएको एमालेतर्फ फर्किने विश्वास व्यक्त गरे।
२ चैत, काठमाडौं । नेकपा एमालेका प्रदेश तथा जिल्ला अध्यक्षहरूसँग भर्चुअल बैठक बसेको छ ।
बैठकलाई सम्बोधन गर्ने क्रममा महासचिव शंकर पोखरेललेले पछिल्लो मतपरिणामबारे टिप्पणी गर्दै लोकप्रियतावाद र अराजकतावादको जगमा नयाँ शक्ति उदाएको दाबी गरे ।
पोखरेलले रास्वपाभित्र लोकप्रियतावादी र अवसरवादीहरूको गठजोड रहेको दाबी गर्दै त्यस्ता शक्तिहरूसँग राष्ट्र र राष्ट्रियताप्रति स्पष्ट विचार, सिद्धान्त तथा दीर्घकालीन राजनीतिक दृष्टि नभएको टिप्पणी गरे ।
उनका अनुसार, यस्ता शक्तिहरू छिटो लोकप्रियता कमाउने र तत्काल परिणाम दिने वाचा गर्दै अघि बढ्ने तर व्यवहारमा परिणाम दिन नसक्ने अवस्था आउनेछ ।
उनले अध्यक्ष केपी शर्मा ओली, एमालेविरुद्ध नयाँ र पुरानो अनुहार भन्ने नारामा आधारित प्रचार गरेर जनतालाई भ्रमित पारिएको दाबी गरे ।
महासचिव पोखरेलले जनताले दिएको मतको परिणामलाई एमालेले सम्मान गर्ने स्पष्ट गर्दै आम मतदाताले एमालेसँग सम्बन्ध विच्छेद नगरेको पनि बताए ।
उनले हरेक समाज र घरमा एमालेको उपस्थिति रहेको उल्लेख गर्दै पार्टीले अब थप नयाँ ढंगले संगठन निर्माण र परिचालनलाई तीव्र बनाउने बताए ।
पोखरेलले अल्पकालीन लोकप्रियताका आधारमा अघि बढेका शक्तिहरूले अपेक्षित परिणाम दिन नसकेपछि अन्तत: जनताले स्थिर विचार र संगठित शक्ति भएको एमालेतर्फ नै फर्किने विश्वास व्यक्त गरे ।
प्रतिक्रिया 4