+
+
Shares

कारोबारसँगै घट्यो सेयर बजार, ५ कम्पनी १० प्रतिशत बढे

अनलाइनखबर अनलाइनखबर
२०८२ चैत २ गते १५:१३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सोमबार सेयर बजार २६.०७ अंकले घटेर नेप्से परिसूचक २७९८ अंकमा झरेको छ।
  • कारोबार रकम १४ अर्ब ३५ करोडबाट घटेर ११ अर्ब ९७ करोडमा सीमित भएको छ।
  • ४८ कम्पनीको मूल्य बढ्दा २११ कम्पनीको मूल्य घटेको छ र उत्पादन तथा प्रशोधन समूह बाहेक सबै समूहको सूचक घटेको छ।

२ चैत, काठमाडौं । सोमबार सेयर बजार २६.०७ अंक घटेको छ । सो अंकको कमीपछि बजार परिसूचक नेप्से २७९८ अंकमा झरेको छ । कारोबार रकम पनि घटेको छ । अघिल्लो दिन १४ अर्ब ३५ करोडको कारोबार भएकोमा आज ११ अर्ब ९७ करोडमा खुम्चिएको छ ।

४८ कम्पनीको मूल्य बढ्दा २११ को घट्यो भने ४ को स्थिर रह्यो । उत्पादन तथा प्रशोधनबाहेक सबै समूहका सूचक घटेका छन् । सो समूहको सूचक ०.२५ प्रतिशत बढ्यो ।

बैंकिङ १.६१, विकास बैंक ०.८४, फाइनान्स ०.७१, होटल तथा पर्यटन ०.२६, लगानी १.५२, जीवन बीमा ०.९४, माइक्रोफाइनान्स ०.७५, निर्जीवन बीमा ०.४५, अन्य १.०९ तथा व्यापार समूह ०.२१ प्रतिशत घटे ।

५ कम्पनीको मूल्य १० प्रतिशत बढेको छ । १० प्रतिशत बढेका कम्पनीमा रिलायन्स स्पिनिङ मिल्स, साल्पा विकास बैंक, अपर हेवाखोला, सोलु हाइड्रोपावर र होटल फरेस्ट इन छन् । त्यस्तै पिपुल्स हाइड्रोपावरको ६.५१, सिन्धु विकास बैंकको ६.३३, नेसनल हाइड्रोपावरको ५.३६ प्रतिशत मूल्य बढ्यो ।

नारायणी डेभलपमेन्ट बैंकको मूल्य सबैभन्दा धेरै ४.१८ प्रतिशत घट्यो । ग्रिनलाइफ हाइड्रोपावरको ३.९८ प्रतिशत मूल्य घट्यो । आज धेरै कारोबार भएका कम्पनीमा आँखुखोला जलविद्युत्, नेसनल हाइड्रोपावर, अपरहेवाखोला, एसवाई प्यानल र रिडी पावर छन् ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?