+
+
Shares

फेरि २८ सयमुनि झर्‍यो सेयर बजार, ३८ प्रतिशत घट्यो कारोबार

अनलाइनखबर अनलाइनखबर
२०८२ फागुन २७ गते १५:१४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • बुधबार सेयर बजार ४६.७८ अंकले घटेर नेप्से परिसूचक २७९६ अंकमा झरेको छ।
  • आज ३४ कम्पनीको मूल्य बढ्दा २२५ कम्पनीको मूल्य घटेको छ र कारोबार रकम ३८ प्रतिशतले घटेर १३ अर्ब १८ करोड रुपैयाँमा सीमित भएको छ।
  • व्यापार समूह सबैभन्दा धेरै ३.४ प्रतिशतले घटेको छ भने साल्पा विकास बैंक र नेसनल हाइड्रोपावरको मूल्य १० प्रतिशतले बढेको छ।

२७ फागुन, काठमाडौं । बुधबार सेयर बजार ४६.७८ अंक घटेको छ । सो घटाइसँगै नेप्से परिसूचक २७९६ अंकमा झरेको छ । बजार खुलेको पहिलो एक घण्टा उतारचढाव देखिए पनि त्यसपछि निरन्तर ओरालोमा रह्यो ।

यसअघि सोमबार बजारमा सकारात्मक सर्किट ब्रेक लागेर बढेको नेप्से २८७५ अंकमा पुगेको थियो । त्यसयताका दुई दिनमा बजार ७९ अंक घटेको छ ।

आज ३४ कम्पनीको मूल्य बढ्दा २२५ को घट्यो भने ३ को स्थिर रह्यो । कारोबार रकम ३८ प्रतिशतले घटेको छ । अघिल्लो दिन २१ अर्ब ५० करोड रुपैयाँको कारोबार भएकोमा आज १३ अर्ब १८ करोडमा खुम्चियो ।

व्यापार समूह सबैभन्दा धेरै ३.४ प्रतिशत घट्यो । त्यस्तै बैंकिङ १.८२, विकास बैंक १.६१, फाइनान्स २.०८, होटल तथा पर्यटन १.५६, हाइड्रोपावर ०.७१, लगानी १.८७, जीवन बीमा १.९८, उत्पादन तथा प्रशोधन १.४३, माइक्रोफाइनान्स १.६४, निर्जीवन बीमा ०.९७ र अन्य समूह १.८३ प्रतिशत घटे ।

दुई कम्पनी साल्पा विकास बैंक र नेसनल हाइड्रोपावरको मूल्य १० प्रतिशत बढेको छ । त्यस्तै रिलायन्स स्पिनिङ मिल्सको ९.३३, रिडी पावरको ५.७२ प्रतिशत मूल्य बढ्यो । कालिका पावरको मूल्य सबैभन्दा धेरै ८.४७ प्रतिशत घट्यो । पन्चकन्या माइ हाइड्रोपावरको ५.७७, थ्रीस्टार हाइड्रोपावरको ५.३७ तथा ट्रेड टावरको ४.४७ प्रतिशत मूल्य घट्यो ।

आज धेरै कारोबार भएका कम्पनीमा रिडी पावर, आँखुखोला जलविद्युत्, नेसनल हाइड्रोपावर, अपी पावर र ङादी ग्रुप छन् ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?