+
+
Shares

कारोबार रकमसहित बढ्यो सेयर बजार, बैंकिङमा उच्च वृद्धि

अनलाइनखबर अनलाइनखबर
२०८२ फागुन २८ गते १५:१७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सेयर बजारमा बिहीबार नेप्से परिसूचक २३.८७ अंक बढेर २८२० अंकमा पुगेको छ।
  • बिहीबार बैंकिङ समूह २.०२ प्रतिशतले सबैभन्दा बढी बढेको छ भने होटल तथा पर्यटन समूह ०.३५ प्रतिशतले घटेको छ।
  • होटल फरेस्ट इन कम्पनी आजबाट कारोबारमा आएको छ र चार कम्पनीको मूल्य १० प्रतिशतले बढेको छ।

२८ फागुन, काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजार २३.८७ अंक बढेको छ । सो वृद्धिसँगै नेप्से परिसूचक २८२० अंकमा कायम भएको छ । कारोबार रकम पनि बढेको छ । अघिल्लो दिन १३ अर्ब १८ करोडको कारोबार भएकोमा आज १४ अर्ब ५५ करोडको भयो ।

आज १७६ कम्पनीको मूल्य बढ्दा ७७ को घट्यो भने ९ को स्थिर रह्यो । आज बैंकिङ समूह नै सबैभन्दा धेरै बढ्यो सो समूह २.०२ प्रतिशत घट्यो । त्यस्तै विकास बैंक १.२८, फाइनान्स १.३०, हाइड्रोपावर १.१०, लगानी १.१४, जीवन बीमा ०.३६, उत्पादन तथा प्रशोधन ०.७३, माइक्रोफाइनान्स ०.२७ तथा व्यापार ०.१४ प्रतिशत बढे ।

निर्जीवन बीमा ०.०४, अन्य ०.७४ र होटल तथा पर्यटन समूह ०.३५ प्रतिशत घटे । चार कम्पनीको मूल्य १० प्रतिशत बढेको छ । १० प्रतिशत बढेका कम्पनीमा साल्पा विकास बैंक, रिलायन्स स्पिनिङ मिल्स, नेसनल हाइड्रोपावर र होटल फरेस्ट इन छन् । होटल फरेस्ट इन आजैबाट कारोबारमा आएको हो ।

त्यस्तै दरामखोला हाइड्रोपावरको ९.४६, हिमाल दोलखा हाइड्रोपावरको ७.१४ प्रतिशत मूल्य बढ्यो ।

त्रिशुली जलविद्युत्को मूल्य सबैभन्दा धेरै ३.१४ प्रतिशत घट्यो । आज धेरै कारोबार भएका कम्पनीमा नेसनल हाइड्रोपावर, एचआईडीसीएल प्रोमोटर, कुमारी बैंक, हिमाल दोलखा हाइड्रोपावर र बलेफी हाइड्रोपावर छन् ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?