+
+
Shares

सेयर बजारमा २० मिनेटमै साढे ५ अर्ब नाघ्यो कारोबार

अनलाइनखबर अनलाइनखबर
२०८२ फागुन २६ गते ११:२२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • मंगलबार सेयर बजारमा २० मिनेटमै ५ अर्ब ६५ करोडको कारोबार भएको छ।
  • अघिल्लो दिन दिनभर जम्मा ५८ करोडको कारोबार भएको थियो।
  • नेप्से परिसूचक ११ः१० बजे ४० अंकसम्म घटेकोमा ११ः२० बजे ३.६ अंकले बढेको छ।

२६ फागुन, काठमाडौं । मंगलबार सेयर बजारमा २० मिनेटमै ५ अर्ब बढीको कारोबार भएको छ । २० मिनेटमा ५ अर्ब ६५ करोडको कारोबार भएको हो ।

अघिल्लो दिन दिनभर जम्मा ५८ करोडको मात्रै कारोबार भएको थियो । उच्च वृद्धिका कारण तीन पटकसम्म सर्किट लाग्दै कारोबार स्थगित हुँदा किनबेच गर्न चाहनेले पाएका थिएनन् ।

आज भने सुरुवातबाटै उच्च रकमको कारोबार भएको हो । सुरुवाती कारोबारमा नेप्से परिसूचक उच्च गिरावट देखिएकोमा सवा ११ बजेपछि सम्हालिएको छ । ११ : २० बजे नेप्से ३.६ अंक बढेको छ । ११ : १० बजे नेप्से ४० अंकसम्म घटेको थियो । प्रारम्भिक कारोबार हेर्दा आज उतारचढाव बढी हुने देखिएको छ ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?