News Summary
Generated by OK AI. Editorially reviewed.- प्रतिनिधिसभाको चुनावअघि सेयर बजारको नेप्से परिसूचक २७१२ अंकमा पुगेर २७ सय अंक नाघेको छ।
- फागुन १० यता नेप्से परिसूचक ९८ अंकले बढेको र कारोबार रकम ६ अर्ब २३ करोड पुगेको छ।
- साल्पा विकास बैंकको मूल्य १० प्रतिशत बढेको र शुभम् पावरको मूल्य २.५३ प्रतिशत घटेको छ।
१९ फागुन, काठमाडौं । प्रतिनिधिसभाको चुनाव अघि सेयर बजारले २७ सय अंक नाघेको छ । मंगलबार बजार परिसूचक नेप्से ३८.५२ अंक बढेसँगै २७१२ मा कायम भएको छ । अब बजार चुनावपछि सोमबारदेखि मात्रै खुल्नेछ ।
चुनाव हुनुभन्दा करिब १० दिन अघिदेखि नै बजारमा उत्साह देखिएको छ । फागुन १० यता सेयर बजार ९८ अंक बढेको छ । सो दिन नेप्से परिसूचक २६१४ अंकमा थियो । कारोबार रकम पनि आज बढेको छ । अघिल्लो दिन ५ अर्ब ६४ करोडको कारोबार भएकोमा आज ६ अर्ब २३ करोडको भयो ।
व्यापारबाहेकका सबै सूचक बढेका छन् । व्यापार ०.८४ प्रतिशत घट्यो । बैंकिङ १.६४, विकास बैंक १.५९, फाइनान्स १.४३, होटल तथा पर्यटन १.६०, हाइड्रोपावर २.१३, लगानी १.५२, जीवन बीमा १.०५, उत्पादन तथा प्रशोधन १.४९, माइक्रोफाइनान्स १.६६, निर्जीवन बीमा १.११ तथा अन्य समूह १.०३ प्रतिशत बढे ।
साल्पा विकास बैंकको मूल्य १० प्रतिशत बढ्यो । त्यस्तै पन्चकन्य माइ हाइड्रोपावरको ९.८९, रिलायन्स स्पिनिङ मिल्सको ९.८२, मोलुङ हाइड्रोपावरको ६.१८, लक्ष्मी लघुवित्तको ६.०९ प्रतिशत मूल्य बढ्यो ।
शुभम् पावरको मूल्य सबैभन्दा धेरै २.५३ प्रतिशत घट्यो । आज धेरै कारोबार भएका कम्पनीमा आँखुखोला जलविद्युत्, रिडी पावर, एसवाई प्यानल, मञ्जुश्री फाइनान्स तथा ङादी ग्रुप क्रमश अगाडि रहे ।
प्रतिक्रिया 4