News Summary
Generated by OK AI. Editorially reviewed.- मंगलबार नेप्से परिसूचक २१.६२ अंक बढेर २६३८ अंकमा पुगेको छ।
- नेप्से परिसूचक बढ्दा पनि कारोबार रकम ५ अर्ब १३ करोडबाट ४ अर्ब २३ करोडमा घटेको छ।
- साल्पा विकास बैंकको मूल्य १० प्रतिशतले सबैभन्दा धेरै बढेको छ भने नेपाल एसबीआई बैंकको मूल्य ३.५८ प्रतिशतले सबैभन्दा धेरै घटेको छ।
१२ फागुन, काठमाडौं । मंगलबार सेयर बजारका सबै सूचक बढेका छन् । नेप्से परिसूचक अघिल्लो दिनको तुलनामा २१.६२ अंक बढेको छ ।
सो वृद्धिपछि २६३८ अंकमा कायम भएको छ । अघिल्लो दिन नेप्से २ अंक बढेके थियो । नेप्से परिसूचक बढे पनि कारोबार रकम घट्दै गएको छ । अघिल्लो दिन ५ अर्ब १३ करोडको कारोबार भएकोमा आज ४ अर्ब २३ करोडको भयो । आइतबार ६ अर्ब ६९ करोडको कारोबार भएको थियो ।
२१३ कम्पनीको मूल्य बढ्दा ४२ को घट्यो भने ६ को स्थिर रह्यो ।
होटल तथा पर्यटन समूह सूचक सबैभन्दा धेरै २.०२ प्रतिशत बढ्यो । बैंकिङ ०.३०, विकास बैंक १.११, फाइनान्स ०.६४, हाइड्रोपावर १.२७, लगानी ०.६१, जीवन बीमा ०.७०, उत्पादन तथा प्रशोधन १.७६, माइक्रोफाइनान्स ०.७९, निर्जीवन बीमा ०.५२, अन्य ०.३३ तथा व्यापार १.४९ प्रतिशत बढे ।
साल्पा विकास बैंकको मूल्य सबैभन्दा धेरै १० प्रतिशत बढ्यो । त्यस्तै रिलायन्स स्पिनिङ मिल्सको ९.३१, हिमालयन पावर पार्टनरको ९.१५, सागर डिस्टिलरीको ८.९६, बन्दीपुर केबुलकारको ८.३४ प्रतिशत मूल्य बढ्यो ।
नेपाल एसबीआई बैंकको मूल्य सबैभन्दा धेरै ३.५८ प्रतिशत घट्यो । आज धेरै कारोबार भएका कम्पनीमा एसवाई प्यानल, आँखुखोला जलविद्युत् कम्पनी, राधि विद्युत्, ङादी ग्रुप र रिडी पावर छन् ।
प्रतिक्रिया 4