+
+
Shares

‘आणविक केन्द्र नजिक बस्नेमा क्यान्सरको जोखिम उच्च’

‘नेचर कम्युनिकेसन्स’ मा प्रकाशित यो अध्ययनलाई यस शताब्दीकै सबैभन्दा ठुलो विश्लेषण मानिएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ फागुन १२ गते १५:१६

११ फागुन, काठमाडौं । अमेरिकामा आणविक ऊर्जा केन्द्र नजिक बस्ने मानिसहरूमा क्यान्सरबाट हुने मृत्युको दर उच्च रहेको एक अध्ययनले देखाएको छ । हार्वर्ड टीएच च्यान स्कुल अफ पब्लिक हेल्थका अनुसन्धानकर्ताहरूले गरेको एक बृहत् अध्ययनले यस्तो तथ्य देखाएको हो ।

‘नेचर कम्युनिकेसन्स’ मा प्रकाशित यो अध्ययनलाई यस शताब्दीकै सबैभन्दा ठुलो विश्लेषण मानिएको छ । अनुसन्धानकर्ताहरूले सन् २००० देखि २०१८ सम्मका सबै अमेरिकी जिल्ला र सञ्चालनमा रहेका आणविक केन्द्रहरूको तथ्याङ्क विश्लेषण गरेका थिए ।

अध्ययनका अनुसार सो अवधिमा करिब एक लाख १५ हजार क्यान्सरजन्य मृत्यु (प्रति वर्ष करिब ६,४००) आणविक केन्द्रको निकटतासँग सम्बन्धित रहेको अनुमान गरिएको छ ।

केन्द्रको जति नजिक बसोबास छ, क्यान्सरको जोखिम त्यति नै बढी पाइएको छ । दुरी बढ्दै जाँदा यो जोखिम विस्तारै कम हुँदै गएको देखिन्छ ।

यो सम्बन्ध विशेषगरी जेष्ठ नागरिकहरूमा बढी देखिएको छ । जसमा ५५ देखि ६४ वर्षका महिला र ६५ देखि ७४ वर्षका पुरुषहरू मुख्य छन् ।

आम्दानी, शिक्षा, धुम्रपान, र स्वास्थ्य सेवामा पहुँच जस्ता अन्य कारकहरूलाई उल्लेख गर्दा पनि नतिजामा भने कुनै परिवर्तन भेटिएन ।

प्रमुख अनुसन्धानकर्ता पेट्रोस कुट्राकिसका अनुसार आणविक केन्द्रले नै क्यान्सर गराउँछ भनेर प्रमाणित नगरे पनि यस क्षेत्रमा थप गहिरो अनुसन्धान र स्वास्थ्य निगरानीको आवश्यकता देखाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?