News Summary
Generated by OK AI. Editorially reviewed.- सेयर बजार बुधबार १०.३० अंकले बढेर नेप्से परिसूचक २६४८.९० अंकमा पुगेको छ।
- कारोबार रकम ४ अर्ब ४५ करोड पुगेको छ, जुन अघिल्लो दिनको तुलनामा बढेको हो।
- साल्पा विकास बैंक र रिलायन्स स्पिनिङ मिल्सको मूल्य १० प्रतिशतले बढेको छ।
१३ फागुन, काठमाडौं । बुधबार सेयर बजार १०.३० अंक बढेको छ । सो अंकको वृद्धिसँगै बजार परिसूचक नेप्से २६४८.९० अंकमा कायम भएको छ ।
अघिल्लो दिन नेप्से २१ अंक बढेके थियो । कारोबार रकम अघिल्लो दिनको तुलनामा सामान्य बढेको छ । अघिल्लो दिन ४ अर्ब २३ करोडको कारोबार भएकोमा आज ४ अर्ब ४५ करोडको भयो ।
१५७ कम्पनीको मूल्य बढ्दा ९० को घट्यो भने १३ को स्थिर रह्यो ।
जीवन बीमा समूह सबैभन्दा धेरै १.७९ प्रतिशत बढ्यो । बैंकिङ ०.२२, विकास बैंक० ०.२१, होटल तथा पर्यटन ०.४७, हाइड्रोपावर ०.३९, लगानी ०.३०, उत्पादन तथा प्रशोधन ०.८३, माइक्रोफाइनान्स ०.१५, निर्जीवन बीमा ०.१९, अन्य ०.३५ प्रतिशत बढे ।
व्यापार ०.८९ र फाइनान्स ०.२८ प्रतिशत घटे ।
दुई कम्पनीको मूल्य १० प्रतिशत बढेको छ । साल्पा विकास बैंक र रिलायन्स स्पिनिङ मिल्सको मूल्य १० प्रतिशत बढ्यो । विन नेपाल लघुवित्तको ९.६६, सुपरमाइ हाइड्रोपावरको ९.१८ तथा अपर लोहोरेखोला जलविद्युतको ४.१५ प्रतिशत मूल्य बढ्यो ।
हिमालयन पावर पार्टनरको मूल्य सबैभन्दा धेरै ५.९८ प्रतिशत मूल्य घट्यो । आज धेरै कारोबार भएका कम्पनीमा आँखुखोला जलविद्युत् कम्पनी, ङादी ग्रुप, एसवाई प्यानल, रिडी पावर र बन्दीपुर केबुलकार छन् ।
प्रतिक्रिया 4