+
+
Shares

जेनजी आन्दोलनको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै प्रदर्शन

अनलाइनखबर अनलाइनखबर
२०८२ चैत २ गते १३:२०

News Summary

Generated by OK AI. Editorially reviewed.
  • काठमाडौंको माइतीघर मण्डलामा जेनजी प्रदर्शनबारे आयोगको प्रतिवेदन सार्वजनिक गर्न शान्तिपूर्ण प्रदर्शन भएको छ।
  • प्रदर्शनकारीहरूले ‘प्रतिवेदन खै ?’, ‘सत्यतथ्य बाहिर ल्याऊ’ र ‘जेन जी को आवाज सुन’ नारा लेखिएका प्लेकार्ड बोकेका थिए।
  • सरकारले आयोग गठन गरी प्रतिवेदन बुझाए पनि नसार्वजनिक गर्दा असन्तुष्टि बढेको र तत्काल सार्वजनिक गरी कारबाही गर्न माग गरिएको छ।

२ चैत, काठमाडौं । गत भदौ २३ र २४ गते भएको जेनजी प्रदर्शनबारे जाँचबुझ गर्न गठित गौरीबहादुर कार्की नेतृत्वको आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै काठमाडौंको माइतीघर मण्डलामा शान्तिपूर्ण प्रदर्शन भएको छ ।

प्रदर्शनकारी युवाहरूले ‘प्रतिवेदन खै ?’, ‘सत्यतथ्य बाहिर ल्याऊ’, र ‘जेन जी को आवाज सुन’ जस्ता नारा लेखिएका प्लेकार्ड बोकेका थिए ।

उनीहरूले सरकारले घटनाको छानबिन गर्न आयोग गठन गरे पनि लामो समयसम्म प्रतिवेदन लुकाएर राखेको भन्दै आक्रोश व्यक्त गरेका छन् ।

उनीहरूले माइतीघर मण्डलामा आँखामा कालोपट्टी बाँधेर विरोध जनाएका छन् । भदौ २३ र २४ गते युवाहरूले विभिन्न माग राख्दै गरेको प्रदर्शनमा प्रहरीको हस्तक्षेपपछि झडप भएको थियो ।

सरकारले पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको संयोजकत्वमा एक जाँचबुझ आयोग गठन गरेको थियो ।

आयोगले आफ्नो प्रतिवेदन सरकारलाई बुझाए पनि प्रतिवेदन सार्वजनिक नहुँदा आम नागरिक र प्रदर्शनकारी युवाहरूमा असन्तुष्टि बढेको छ ।

प्रदर्शनकारीहरूले प्रतिवेदन तत्काल सार्वजनिक गरी दोषीउपर कारबाही र युवाहरूका जायज माग सम्बोधन गर्न सरकारको ध्यानाकर्षण गराएका छन् ।

गत भदौ २३ र २४ को जेनजी आन्दोलनबारे छानबिन गर्न बनेको जाँचबुझ आयोगले सरकारलाई बुझाएको प्रतिवेदनमा तत्कालीन प्रधानमन्त्री केपी  शर्मा ओली, गृहमन्त्री रमेश लेखक र प्रहरी महानिरीक्षक चन्द्रकुबेर खापुङलाई फौजदारी कसुरमा अनुसन्धान गर्न सिफारिस गरेको छ ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?