३० फागुन, काठमाडौं । नवनिर्वाचित राष्ट्रपति विद्या भण्डारीले पद तथा गोपनीयताको सपथ लिएकी छन् । उनले प्रधानन्यायाधीश गोपाल पराजुलीसमक्ष सपथ लिएकी हुन् ।
राष्ट्रपतिले सपथ लिनुअघि प्रधानन्यायाधीश पराजुली पदमुक्त भएको पत्र न्यायपरिषद सचिवालयले सार्वजनिक गरिसकेको थियो । न्यायपरिषदले पदमुक्त गरेकै व्यक्तिबाट राष्ट्रपतिले पद तथा गोपनीयताको सपथ लिएकी हुन् ।
न्यायपरिषदको पत्रमा पराजुली उमेर हदका कारण गत साउन २१ गतेदेखि नै प्रधानन्यायाधीश पदमा नरहेको स्पष्ट पारिएको छ ।
पदमुक्त भइसकेको भनिएको ब्यक्तिबाट राष्ट्रपति भण्डारीले लिएको सपथलाई वैधानिकता मान्ने वा नमान्ने भन्ने गम्भीर संवैधानिक प्रश्न उब्जिएको छ ।
संविधानद्धारा निर्दिष्ट भूमिका निर्वाह गर्न सचेत छु
सपथ लगतै राष्ट्रपति भण्डारीले बुधबार नै पदभार सम्हालेकी छन् । उनले आफूलाई निर्वाचित गर्ने निर्वाचक मण्डललाई धन्यवाद दिएकी छन् ।
संविधान कार्यान्वयनको महत्वपूर्ण चरणमा नेपाली जनताका प्रतिनिधिमार्फत दिइएको जिम्मेवारीलाई राष्ट्र र जनताको पक्षमा संविधानद्धारा निर्दिष्ट भूमिका निर्वाह गर्न सचेत छु’ उनले भनेकी छन् ।
भण्डारी दोस्रो कार्यकालका लागि मंगलबार निर्वाचित भएकी थिइन् ।
हेर्नुस् सपथ समारोहका तस्वीरहरु :
तस्वीरहरु : विकास श्रेष्ठ/अनलाइनखबर