+
+
Shares

बाटो काट्न लाग्दा बसको ठक्करबाट वृद्धको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७४ फागुन ३० गते २०:०२


३० फागुन, चितवन । पूर्वी चितवनको रत्ननगरमा बसको ठक्करबाट एक वृद्धको मृत्यु भएको छ ।

नारायणगढबाट आएको बा ३ ख २३५४ नम्बरको वसको ठक्करबाट साइकलयात्री रत्ननगर १ निवासी ७४ वर्षका रेशमबहादुर कार्कीको मृत्यु भएको हो ।

हरिहर मन्दिर अगाडि बाटो काट्ने क्रममा कार्कीलाई बसले साँझ साँढे ५ बजेतिर ठक्कर दिएको इलाका प्रहरी कार्यालय टाँडीका प्रमुख प्रहरी नायव उपरीक्षक (डिएसपी ) वासुदेव खतिवडाले जानकारी दिए ।

ठक्कर दिने वस र चालक फरार रहेकाले खोजी भइरहेको डिएसपी खतिवडाले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?