Comments Add Comment

नेपाल दक्षिण एसियाको तेस्रो खुसी देश, विश्वमा १०१ औं स्थानमा

जनता खुसी रहेका देशहरुमध्ये नेपाल दक्षिण एसियामा तेस्रो स्थानमा पर्न सफल भएको छ । खुसी सूचंकाकमा दक्षिण एसियामा भुटान पहिलो, पाकिस्तान दोस्रो स्थानमा रहेको छ भने नेपाल तेस्रो स्थानमा छ । यो सूचीमा माल्दिभ्स भने समावेश गरिएको छैन ।

नेपाल दक्षिण एसियाको तेस्रो खुसी देश भए पनि गत वर्षभन्दा देशमा खुसीको स्तर भने घटेको पाइएको छ । खुसी रिपोर्ट २०१७ मा नेपाल ९९ औं स्थानमा थियो । यो वर्ष भने नेपाल ३ स्थान तल झरेर १०१ औं स्थानमा पुगेको छ ।

संयुक्त राष्ट्रसंघीय दिगो विकास समाधान नेटवर्क एसडीएसएनले जारी गरेको विश्व खुसी रिपोर्ट २०१८ का अनुसार नेपाल विश्वको खुसी मुलुकको सूचीमा १ सय ५६ देशमध्ये १ सय १ औं स्थानमा रहेको छ ।

दक्षिण एसियाका मुलुकमध्ये पाकिस्तान ७५ औं स्थानमा रहेको छ भने भुटान ९७ औं स्थानमा रहेको छ ।

त्यस्तै बंगलादेश ११५औं, श्रीलंका ११६ औं, भारत १३३ औं तथा अफगानिस्तान दक्षिण एसियामा सबैभन्दा पछाडि १४५ औं स्थानमा रहेको छ ।

यी हुन् विश्वका सबैभन्दा खुसी १० राष्ट्र

फिनल्याण्ड
नर्वे
डेनमार्क
आइसल्याण्ड
स्विजरल्याण्ड
नेदरल्याण्ड
क्यानडा
न्युजिल्याण्ड
स्विडेन
अष्ट्रेलिया

यस अनुसार फिनल्याण्ड विश्वको सबैभन्दा खुसी देश बनेको छ । गत वर्ष खुसी देशको सूचीमा ५ औं स्थानमा रहेको फिनल्याण्डले यो वर्ष ठूलो फड्को मारेको छ । गत वर्ष विश्वको सबैभन्दा खुसी देशको सूचीमा पहिलो स्थानमा रहेको नर्वे भने दोस्रो स्थानमा झरेको छ ।

विश्वका सबैभन्दा दुखी १० देशहरु

बुरुण्डी
मध्य अफ्रिकी गणतन्त्र
दक्षिण सुडान
तान्जानिया
यमन
रुवान्डा
सिरिया
लाइबेरिया
हाइटी
मलावी

विश्व खुसी रिपोर्ट अनुसार अष्ट्रिया १२ औं, जर्मनी १५ औं, अमेरिका १८ औं, बेलायत १९ औं, फ्रान्स २३ औं, जापान ५४ औं, रुस ५९ औं र चीन ८६ औं स्थानमा रहेको छ ।

जनताको प्रतिव्यक्ति आय, स्वस्थ जीवन, सामाजिक समर्थन, सामाजिक स्वतन्त्रता, विश्वास, भ्रष्टाचारको कमी आदिजस्ता मापदण्डका आधारमा खुसी सूचकांक तयार गरिएको बताइएको छ ।

 – एजेन्सीको सहयोमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment