Comments Add Comment

नेपाली ठेकेदार र कामदारले नै बनाए सुरुङ


२ चैत, मकवानपुर । सुरुङ खन्ने कामका लागि विदेशी प्रविधिसहित विदेशकै ठेकेदार र कामदार नै चाहिन्छ भन्ने मान्यतालाई तोडेको छ मकवानपुरमा निर्माणधीन बाग्मती साना जलबिद्युत आयोजनाले ।

मकवानपुरको भीमफेदी गाउँपालिकामा निर्माणाधीन आयोजनामा इलेक्ट्रोमेकानिकल बाहेक सबै काम नेपाली इन्जिनियर र कामदारले गरेका छन् ।

नेपालमा हुने धेरैजसो ठूला आयोजनाको काममा विदेशी कामदार र कर्मचारीको प्रयोग हुने गरेको छ । विशेषगरी जनविद्युत आयोजनाका अधिकांश काम चिनियाँ कम्पनी र ठेकेदारले नै गर्दै आएका छन् ।

मकवानपुरमा रहेका तीनवटा ठूला जलविद्युत आयोजना कुलेखानी पहिलो, दोस्रो र तेस्रोको सुरुङ प्रविधिको काम विभिन्न देशका ठेकेदार र कामदारले गरेका थिए ।

तर बाग्मती जलविद्युत आयोजनामा भने नेपाली कामदार ०७२बाट थालिएको आयोजनाका लागि आवश्यक पूर्वाधार निर्माणको सबै काम नपाली कामदारले नै गरिरहेका छन् ।

आयोजनाका लागि खनिएका २ हजार ४ सय ४० मिटर लामो सुरुङ र ३ सय १३ मिटर लामो ग्रेस हेडको काम सबै नेपालीले नै गरेका हुन् ।

नेपाली इन्जिनियर सम्मिलित एसिएन इन्फ्रास्टक्चर प्रालिले नेपालका धेरै आयोजनामा सुरुङ निर्माणसहित अन्य पूर्वाधारको काम गरेको सबै सिभिलको काम सबै काम नेपालीले नै गरेका छन् ।

नेपाली इन्जिनियरहरु आयोजना र अन्य कामको सुरुङमार्ग खन्नका लागि सक्ष्म रहेको मकवानपुरमा निर्माणाधीन माण्डु हाइड्रोपावरका सर्भे डिपार्ट प्रमुख मनिल अधिकारीले बताए ।

उनलेे यसबाहेक खानीखोला, मोदीखोलासहित विभिन्न विद्युत आयोजामा काम गरेको बताए । मोदीखोलाको जटिल क्षेत्रमा ६ सय मिटर लामो सुरुङ खनेको बताए ।

सर्भे डिपार्ट प्रमुख अधिकारीले नेपालमा हुने साना ठूला आयोजनाको सबै सिभिलको कामका लागि नेपाली कामदार र इन्जीनिर सक्षम रहेको बताए ।


असारमा उत्पादन हुने गरी माण्डु हाइड्रोले विद्युत उत्पादनका लागि चाहिने प्रतिसेकेन्ड १२ दश्मलब ४ क्युसेक पानी पठाउने गरी ३ दश्मलव ७ मिटर चौंडा र ३ दशमलव ८ डायोमिटर रहेको २ हजार ४ सय ४१ मिटर लामो हेडरेष्ट टनेलको ब्रोक थ्रु पनि नेपाली इन्जिनियर र कामदारको टोलीले गरेको हो ।

हाइड्रोका लागि आवश्यक ३ सय १३ मिटर लामो ग्रेसहेड टनेलको निर्माणसहित सभिल, पावरहाउस, पेनस्टकको काम नेपाली कम्पनी एसिएन इन्फ्रास्टक्चर प्रालिले १ अर्ब २९ करोड रुपैयाँमा गरिरहेका छन् ।

मकवानपुरमा चलिरहेको सिभिल काममा ४ सय र इलेक्ट्रोमेकानिकलको काममा ३ जना चाइनिज र १ सय ५० जना नेपाली कामदारले काम गरिरहेका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment